तामाका भाँडामा बुट्टा कुँद्ने हातले नक्कली नोट छापेपछि
968 Views
रामेछाप, सिरुबारी गाउँपालिका-२ का २६ वर्षीय समरोज थापा मगर दस वर्षदेखि काठमाडौंमा छन्।
सानै उमेरमा घर छाडेर हिँडेका उनी काठमाडौं आएर तामाका भाँडाकुँडामा बुट्टा भर्ने काम गर्थे। उनी बुढानिलकण्ठ नगरपालिका-११, कपनमा बसिरहेका थिए ।
उनकी आमा ४१ वर्षीया पुष्पा थापा मगर र मावल सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका-८ की ५६ वर्षीया हजुरआमा गोमा श्रेष्ठ भने गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बसिरहेका थिए। समरोजका बुवा हेटौंडातिर छन्। मावलका हजुरबुवा सिन्धुपाल्चोकमै बस्छन्।
पुष्पा र गोमाको कामको ठेगान छैन। उनीहरू जे भेट्यो त्यही गर्छन्। कक्षा-३ सम्म मात्र पढ्न पाएका समरोजले भने काठमाडौं आएदेखि नै तामाका भाँडाकुँडामा बुट्टा भर्न सिकेका रहेछन्।
यही पेसाले उनी आफ्नो जीवन चलाउने र आमा र हजुरआमालाई खर्च दिने गर्थे। अविवाहित समरोज पाँच वर्षअघि दु*र्घट*नामा परेर आफैं थलिए। दाहिने खुट्टामा अप्रेसन गरेर स्टिल हाल्नुपरेपछि उनले लामो समय काम गर्न पाएनन्। बल्ल-बल्ल तंग्रिएपछि तामामा बुट्टा भर्ने पुरानो कामलाई निरन्तरता पनि दिए।





प्रतिक्रिया दिनुहोस