पुन ;अभिनयमा फर्किइन् पल्पसा डंगोल (चम्सुरी)
606 Views
काठमाडौँ, १ मङ्सिर खोज मिडिया ।
कलाकार पल्पसा डंगोल (चम्सुरी) अभिनयमा फर्किएकी छन् । दुबै मृ*गौ*ला फे*ल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् ।
आफु अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, आज बेलुका “मेरी बास्सै” हेर्नुहोला । म भेट्न आउँदैछु ।
चम्सुरी अभिनयमा फर्किदा “मेरी बास्सै” युनिटले छायाङ्कन सेटमा भव्य स्वागत समेत गरेको थियो । उनको मि*र्गौला प्रत्या*रोपण गर्न भने बाँकी रहेको छ ।
करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । सोही समयदेखि उनी अभिनयबाट टाढा भएकी थिइन् ।





प्रतिक्रिया दिनुहोस