बन्दका क्रममा पक्राऊ परे पोखराका दुई नेता
472 Views
कास्की, ३० कात्तिक खोज मिडिया ।
नेपाल कम्युनिष्ट पार्टीका दुई स्थानीय नेतालाई आज बिहानै प्र*ह*रीले पोखराबाट प*क्रा*उ गरेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको दुईस्थानीय नेतासँगै ८ जना प*क्रा*उ परेका हुन् ।
जिल्ला प्र*हरी कार्यालय कास्कीका अनुसार नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट प*क्रा*उ गरेको हो।
बन्दलाई सफल बनाउनका लागि आज बिहानै नेकपाका कार्यकर्ताहरुले राजमार्गका मुख्य–मुख्य भागहरुदेखि सहरका चोक–चोकमा टायर बाल्ने तथा वि*रोध प्रदर्शन गरेका थिए ।
एकाविहानै नेकपाका कार्यकर्ता छोरेपाटन, बागलुङ बसपार्क, नयाँ बजार, पृथ्वीचोक, नागढुङ्गा, तल्लो गगनगौंडा, रुपा गाउँपालिका र मादी गाउँपालिका लगायत कास्कीका विभिन्न ठाउँहरु विरोध प्रदर्शन गर्दै बन्द कार्यक्रम सफल गराउनका लागि खटिएको कास्की जिल्ला ईञ्चार्ज उमा भूजेलले जानकारी दिइन् ।
कास्की जिल्ला ईञ्चार्ज भूजेलले पक्राउ परेका नेताहरुलाई तत्कालै रिहाईको माग गर्दै प्र*हरी दमन र ह*स्तक्षेप तत्काल रोक्न र आमजनताको पक्षमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह पनि गरेकी छन्। बन्दको पूर्वसन्ध्यामा हिजो सोमबार २९ गते साँझ नेकपाले देशभर मसाल जुलुस प्रदर्शन गरेको थियो ।





प्रतिक्रिया दिनुहोस