सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का
917 Views
काठमाडौँ, ३० कात्तिक खोज मिडिया ।
सर्वोच्च अदालतमा प्र*ह*री र कानुन व्यवसायीबीच धक्क*मध*क्का भएको छ । मंगलबार बार एशोसिएशनको अगुवाइमा वि*रोध प्रदर्शनका लागि सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्र*हरीले रोक्ने प्रयास गरेको थियो ।
बार एशोसिएसनले केही दिन यता दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ ।
सोही क्रममा मंगलबार बार एशोसिएशनबाट सर्वोच्च परिसरमा प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्र*हरीले रोक्न खोजेको थियो ।
प्र*हरीसँगको धक्कमधक्काका बीच कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा प्रवेश गरेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको प्रदर्शन जारी रहने बताउँदै आएका छन् ।
बार एशोसिएसनले इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीशमाथि राजीनामाका लागि दबाब बढाएको छ भने प्रधानन्यायाधीशले बार एशोसिएशनलाई वार्ताका लागि आ*ह्वान गरेका छन् । बारले प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने अडान राखेको छ ।





प्रतिक्रिया दिनुहोस