हैजा फैलिएको महिना दिनपछि बल्ल खोप ल्याउँदै सरकार
528 Views
काठमाडौँ , २६ कात्तिक खोज मिडिया ।
गत असोज १८ देखि कपिलवस्तुमा फैलिएको हैजाका कारण ६ जनाको मृ*त्यु भइसकेको छ । म*हामा*री फैलिएको एक महिनापछि बल्ल सरकारले है*जाविरु*द्धको खोप ल्याउन लागेको छ ।
सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वी*कृत प्राप्त गरेसँगै हैजाको खोप ल्याउन लागेको हो । यूनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठनमार्फत् खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रो*ग निय*न्त्रण महा*शाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेले प्रभावित क्षेत्रका २ लाख ५२ हजार जनालाई हैजा रोगवि*रुद्धको खोप दिने योजना रहेको जानकारी दिए । उनले भने, “है*जाविरुद्धको खोप नोभेम्बर १४ अर्थात् कार्तिक २८ सम्म नेपाल आइपुग्ने जानकारी पाएका छौं । खोप आएको एक सातामै प्रभावित क्षेत्रमा खोप दिन सुरु गर्नेछौं ।”
यो खोप एक वर्षमाथिका हैजा प्रभावित क्षेत्रका जनतालाई लगाइने उनले जनाए । है*जावि*रुद्धको खोप दुई मात्रा दिइने बताइएको छ । है*जाविरु*द्धको खोप विश्व स्वास्थ्य संगठनसँग मात्रै हुने भएकाले प्रक्रिया पुर्याएर नेपालले प्राप्ति गर्न समय लागेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । यस अघि पनि २०७२ सालको भू*कम्पलगत्तै हैजा प्रभावित क्षेत्रमा खोप दिइएको थियो ।
है*जा पूर्ण रुपमा निय*न्त्रणमा आएन :
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार एक महिनाको अवधिमा कपिलवस्तुका विभिन्न अस्पतालमा १५ सय ५८ जनाले हैजा रोगको उपचार गराएका छन् । हाल कपिलवस्तु जिल्लामा सातजना हैजाका बिरामी उपचाररत छन् । स्वास्थ्य कार्यालयका प्रमुख पाण्डे भन्छन्, “विगतको तुलनामा सरकारी अस्पतालमा बिरामी कम आएका छन्, यसले गत साताको तुलनामा हैजा नियन्त्रणमा आएजस्तो देखिएको छ । तर, गाउँ गाउँमा अनि अन्य प्राइभेट अस्पताल, क्लिनिकमा है*जाका बि*रामी फाट्टफुट्ट देखिइरहेका छन् ।”
कपिलवस्तुको चार नगरपालिका कृष्णनगर, महाराजगञ्ज, शिवराज तथा विजय नगरपालिका र यशोधारा गाउँपालिका, है*जा रो*ग बढी प्रभावित क्षेत्र हुन् । कपिलवस्तुमा हैजा प्रदूषित खानेपानीबाट फैलिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पाण्डे बताउँछन् । “खानेपानी प्रदूषित हुँदा झाडापखाला र बान्ताबाट धेरैजना प्रभावित भए” उनले भने ! “पाँच पालिकामा हैजा फैलियो तर, कुन क्षेत्रबाट फैलियो भनेर यकिन नभएपनि खानेपानीबाट नै हैजा फैलिएको प्रमाणित भयो ।”
इपिडिमियोलोजी तथा रोग निय*न्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनी भन्छन् । “नेपालमा शुद्ध खानेपानी व्यवस्थापन छैन, त्यसमा पनि काठमाडौं उपत्यकाजस्ता मुख्य शहर हैजाको उच्च जोखिममा छन् ।” को*भिड–१९ फैलिएसँगै सबै ध्यान उतै गयो, अन्य म*हामा*रीजन्य सरुवा रोगबारे जनचेतना फैलाउन सम्बन्धित निकायको ध्यान नपुगेको उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा हैजाबाट ज्यान गु*माउनेको संख्या ९० प्रतिशतमा झार्ने प्रतिबद्धता जनाएको छ । तर नेपालमा भने सुरक्षित खानेपानी र सरसफाइको प्रणालीमा ध्यान नदिँदा है*जाजन्य महा*मारी देखिन्छ ।





प्रतिक्रिया दिनुहोस