अनुपम चिन्तन मञ्च आसामद्वारा पोखराका साहित्यकार तथा पत्रकारलाई अभिनन्दन
1000 Views
कृष्ण रानाभाट
आसाम, बिश्वनाथ चाराली, खोज मिडिया । आसामको बिश्वनाथ चाराली जिल्लामा रहेको नेपाली भाषी साहित्यकारहरुको संस्था अनुपम चिन्तन मञ्चले मंगलबार पोखराबाट आउँनु भएका सर्जक साहित्यकार तथा पत्रकारहरुलाई अभिनन्दन गरेको छ ।
सो अबसरमा चिन्तन मञ्चका अध्यक्ष मदन थापाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका आजिवन सदस्य डा. कालु शर्मा सुवेदी, सेतोपाटीका नियमित स्तम्भकार तथा साहित्यकार शोभाकान्त गौंडेल, पत्रकार कृष्ण रानाभाटलाई यहाँको लोकप्रिय आसामी गामुछा (गम्छा) लगाएर अभिनन्दन तथा सम्मान गर्नु भएको थियो ।
सो अबसरमा बिश्वनाथ महाविध्यालयका प्राचार्य डा. चिन्तामणी शर्माले विभिन्न हिन्दी तथा आसामी गीत गाएर पाहुनाहरुलाई स्वागत गर्नुका साथै भारतमा बस्ने नेपाली भाषीहरुले परिश्रम र बहादुरीले आफुहरुलाई गोर्खा नामले चिनाउँदै आएका बताए ।
बिश्वनाथ कलेजका नेपाली बिभाग प्रमुख हेम गौतमले प्रबासमा नेपाली भाषी साहित्यकार बीच आपसी भाइचाराको सम्बन्ध, अग्रजलाई सम्मान र नवीन साहित्यकारलाई प्रोत्साहनका लागि बिश्वनाथ चारालीमा रहेका साहित्यकारहरुले अनुपम चिन्तन मञ्च स्थापना गरिएको बताए ।
अनुपम चिन्तन मञ्चका अध्यक्ष मदन थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा सर्जकहरु कृष्णनील कार्की, अर्जुन निरौला, डा. सन्जीब उपाध्याय,
मन्टु बराल, दिपक गजुरेल, हेमन्त भट्टराई लगाएतले नेपाली, हिन्दी, आसामी भाषामा कविता तथा गीत प्रस्तुत गरेका थिए ।





प्रतिक्रिया दिनुहोस