विराटनगर का*रागा*रमा दोहोरो झ*ड*पमा ६ जना कै*दीब*न्दी घा*इते
697 Views
विराटनगर, २३ कात्तिक खोज मिडिया ।
विराटनगर का*रागा*रमा दुई पक्षबीच दोहोरो झ*ड*प भएको छ । सो क्रममा ६ जना जना कै*दीब*न्दी घा*इ*ते भएका छन् । का*रा*गारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झ*ड*प भएको हो ।
झ*ड*पमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घा*इते भएको का*रागा*रका निमित्त जे*लर रामप्रसाद पोखरेलले जानकारी दिए । घा*इते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।
चौकीदार गुरूङ समूहको अ*त्या*चार सहन नसकेपछि कै*दीब*न्दीहरु आपसमा वि*वा*दमा उत्रिएर झ*ड*पको स्थिति भएको बताइएको छ । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आ*रोप कै*दीब*न्दीको आ*रोप छ । वि*वा*दकै क्रममा कै*दीब*न्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ ना*इकेहरूलाई जे*लभित्रैको एउटा कोठामा थु*निदिएका थिए ।
पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई यहाँका अन्य कैदी बन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन् ।
थु*निएका कै*दीहरूलाई प्र*ह*रीले का*राागा*रबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई का*रागा*रबाट बाहिर निकालेपछि आन्दोलित कै*दीब*न्दीहरु शान्त भएका छन् ।
का*रागार भित्र होहल्ला भएपछि हामीले चौ*कीदारसहित १४ जनालाई बाहिर निकालेर राखेका छौँ । जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि का*रागा*रभित्रको माहोल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्य*न्त्र का*रागा*रमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।’ १४ जनालाई कुन का*रागा*रमा पठाउने निर्णय भने भइनसकेको उनले बताए ।





प्रतिक्रिया दिनुहोस