पोखरामा जेब्रा क्रसमै सवा*रीले ठ*क्क*र दिँदा बालकको ज्या*न ग*यो
752 Views
कास्की, २३ कात्तिक खोज मिडिया ।
पोखरामा सवारीसाधनको ठ*क्क*रबाट एक बालकको मृ*त्यु भएको छ । पोखरा – ५ पर्स्याङस्थित गणतन्त्र चोकको जेब्रा क्रसमा सवारीले ठक्कर दिँदा तनहुँ घर भई पोखराको शान्ति निकेतन स्कुलमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय शुभम् खनालको ज्यान गएको हो ।
जिरो किलोमिटर, विन्दवासिनी सडक खण्ड अन्तर्गत विश्वास आयल पे*ट्रोल पम्प नजिकैको जेब्रा क्रसमा बाटो काट्ने क्रममा आइतबार साँझ सवारी साधनले ठ*क्कर दिँदा गम्भीर घा*इते भएका खनाललाई उपचारको लागि अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृ*त घो*षणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिएका छन ।
ठ*क्कर दिने सवारीसाधन फरार रहेको र हालसम्म पहिचान समेत हुन् नसकेको डिएसपी हमालले बताए । दु*र्घ*टनाको समयलाई आधार मानेर आसपासका स्थानका सिसिटिभी फुटेजहरू मार्फत ठ*क्कर दिने सवारीसाधनको पहिचान गर्ने काम भइरहेको डिएसपी हमालको भनाई रहेको छ ।





प्रतिक्रिया दिनुहोस