सर्वोच्चका न्यायाधीशबीच बन्दीका बाहेक मु*द्दा नहेर्ने सहमति
385 Views
काठमाडौँ, २२ कात्तिक खोज मिडिया ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित मु*द्दा सुनुवाइ प्रक्रियामा सहभागी नभएका न्यायाधीशबीच बन्दी प्रत्यक्षीक*रणबाहेकका मु*द्दा सुनुवाइमा सहभागी नहुने सहमति जुटेको छ ।
प्रधानन्यायाधीश जबराले असन्तुष्ट न्यायाधीशहरू इजलास फर्किएको भन्दै भोलि (मंगलवार)बाट नियमित पेसी तोक्ने तयारी गरिरहेका बेला न्यायाधीशहरूबीच यस्तो सहमति जुटेको हो ।
असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशबाहेकको इजलासमा बसेर बन्दी प्रत्यक्षीकरणको मु*द्दामा सुनुवाइ गर्ने, बन्दीसँगै अन्य मु*द्दाको पेसी तोकिए बन्दीको मात्र हेर्ने, अन्य नहेर्ने सहमति गर्नुभएकाे छ ।
बन्दीको मु*द्दा हेर्ने सहमति गर्दै उहाँहरूले प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा मु*द्दा सुनुवाइ गर्नुभएकाे छ । भोलिबाट बन्दीका मुद्दामा निरन्तर सुनुवाइ गर्ने, प्रधानन्याधीशसँग बेञ्च सेयरिङ नगर्ने, बन्दीबाहेकका मुद्दा नहेर्ने हाम्रो आजको सहमति हो, अन्य विषयमा सल्लाह गर्दैछौं,’ न्यायाधीश हरिकृष्ण कार्कीले भन्नुभयाे ।
प्रधानन्यायाधीश जबराले भने मंगलवारबाट बन्दीसहितका सबै मुद्दामा पेसी तोक्ने तयारी गर्नुभएकाे छ । तर न्यायाधीशहरूले बनाएको वार्ता समितिले भने बन्दीबाहेकका मु*द्दा हेर्न न्यायाधीशहरू तयार नभएकोे सन्देश जबरालाई दिइसकेको छ ।





प्रतिक्रिया दिनुहोस