भारतमा भी*षण व*र्षाका कारण शहर जलमग्न-(विद्यालय र कलेज बन्द)
564 Views
एजेन्सी , २२ कात्तिक खोज मिडिया ।
भारतको चेन्नईमा केही दिनयता परेको भीषण व*र्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।
व*र्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । व*र्षापछि ती जिल्लासहित राज्यका विभिन्न स्थानका विद्यालय तथा कलेज ब*न्द गरिएका छन् ।
शनिबार राती चेन्नईमा सन् २०१५ पछिकै धेरै व*र्षा भएको थियो । अ*बिरल व*र्षाका कारण केही शहर नै जलमग्न बनेका थिए ।
प्रभावित क्षेत्रमा नेसनल डिजिस्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) परिचालन गरिएको छ । फोर्सले प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालिन सहयोग गरेको छ । सरकारी अधिकारीहलाई हाई अलर्टमा राखिएको छ ।
ठाउँ-ठाउँमा अझै पनि बर्षा रोकिएको छैन् । चेन्नईमा अझै तीन दिन वर्षा हुने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षा भइरहेकोले आफ्नो पूर्व निर्धारित भ्रमण रद्द गर्न चेन्नईका मुख्यमन्त्री एम के स्टालिनले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।





प्रतिक्रिया दिनुहोस