स्क्रव टाइफसबाट पहिलो पटक मान्छेको मृ*त्यु
973 Views
गोर्खा , २२ कात्तिक खोज मिडिया ।
पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टा*इफ*सका कारण गोरखामा एक जनाको मृ*त्यु भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका ६७ वर्षीय पुरुषको मृ*त्यु भएको हो ।
उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृ*त्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभएकाे छ ।
अचानक ज्वरो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको मृ*त्यु भएको हाे । उनकाे स्क्र*व टा*इफसकै कारण मृ*त्यु भएको शाखा प्रमुख खनालले पुष्टि गर्नुभएकाे हाे ।
(केही दिनदेखि बिरामी हुनुहुन्थ्यो भन्ने परिवारलाई सोधेर थाहा भयो । उहाँको गोरखा अस्पतालले सिएमसीमा रिफर गरेको र त्यहाँ परीक्षणका क्रममा टाईफस पुष्टि भएको जानकारी पाएका छौं)। उहाँले भन्नुभयाे! ‘पालिकाका अरु वडाहरूमा कसैलाई स्क्रव टाइफस छैन । मान्छेको मृ*त्यु नै भयो भनेपछि हामी तातेका छौं । स्वास्थ्यकर्मी खटाएर शंका लागेका व्यक्तिहरूलाई परीक्षण गर्छौं ।’
गण्डकी प्रदेशको गोरखा र म्याग्दी यो रोगको हटस्पट थियो । यसअघि आरुघाट गाउँपालिकामा ३५ जनालाई स्क्रव टाईफस पुष्टि भएको थियो । अन्य पालिकामा पनि अलिअलि देखिएका छन् ।
यद्यपि, अहिले जिल्लाका अन्य पालिकामा पनि यो रोग खासै छैन । स्क्र*व टाइफसका कारण मृ*त्यु हुने गोरखामा यो नै पहिलो घ*ट*ना हो । पहिलो पटक बि*रामीको मृ*त्यु भएपछि अन्य पालिकाहरुले सचेतना बढाएका छन्





प्रतिक्रिया दिनुहोस