दुलियाजन कला साहित्य मञ्चले देवकोटा जयन्ती मनायो
528 Views
आसाम,दुलियाजन २२ कात्तिक खोज मिडिया ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती आसाम राज्यको तिनसुकिया जिल्ला दुलियाजामा रहेकोे दुलियाजान कला साहित्य मञ्चको आयोजनामा आइतबार विविध कार्यक्रम गरी भब्यताको साथ सम्पन्न भएको छ ।
कार्यक्रमका मुख्य अतिथि बरिस्ठ शिल्पिकार जुद्धवीर राणाले कार्यक्रमको उद्घाटन तथा अभिव्यक्ति त्रैमासिक साहित्यीक पत्रीकाका सम्पादक बालकृष्ण उपाध्यायको पहिलो कृति कथा संग्रह कर्मनिस्टको बिमोचन गर्दै महाकवि देवकोटाको ब्याक्तित्व र योगदानको चर्चा गर्नुका कुनै पनि लेखकले जुनसुकै बिधामा कलम चलाए पनि मानवको लागि उपयोगी हुनुपर्ने बताउनु भएको थियो ।
सो अबसरमा पत्रीकाका सम्पादक बालकृष्ण उपाध्यायले महाकविको परिचय दिनुभएको थियो । बालकलाकारहरु अदिती गुरुङ, नन्दिता घिमिरे, रिहा सोनार, मानवी सोनार लगाएतले नृत्य प्रस्तुत गरेका थिए ।
साथै बरिस्ठ शिल्पकार तथा साहित्यकार युद्ध वीर राणा, साहित्यकार हरु कृष्ण बिक्रम राणा, सिध्दीमान राई, श्याम लिवाङ, लाखन लामा, सन्तकुमार लामा, धर्म ध्वज लिम्बु, शंकर क्षेत्री, लाल बहादुर थापा, थानेश्वर शर्मा, हिरालाल शर्मालाई सम्मान पत्र, असमियाको च्यादर र नेपाली ढाका टोपीले सम्मान गरिएको थियो ।
कर्मध्वज लिम्बु, गीता उपाध्याय, पार्वती उपाध्याय, कल्पना उपाध्याय, लाखन लामा, सन्त कुमार देवान, रोशन क्षेत्री लगाएत एक दर्जन साहित्यकारहरुले साहित्य वाचन गर्नु भएको थियो ।
दुलियाजान नेपाली साहित्य मञ्चका अध्यक्ष दुर्गा बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव नरसिंह क्षेत्रीले गर्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस