देउसीभैलो खेल्नेलाई बसले ठक्कर दिँदा २ को मृ*त्यु, ८ घा*इते
919 Views
कास्की , २१ कात्तिक खोज मिडिया ।
देउसीभैलो समूहलाई बसले ठक्कर दिँदा दुई जनाको मृ*त्यु भएको छ।
शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले मकवानपुरको नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दु*र्घ*ट*ना भएको प्रह*रीले जनाएको छ ।
जिल्ला प्र*हरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृ*त्यु भएको छ। दु*र्घ*ट*नामा आठ जना घा*इते भएका छन् ।
घा*इतेमध्ये सात जना उपचारपछि घर फर्केका छन् । एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस