चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाऔँ (उपराष्ट्रपति नन्द पुन)
444 Views
काठमाडौँ , २० कात्तिक खोज मिडिया ।
उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको वि*कृ*तिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा वि*कृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गरे ।
सबै खाले चाड पर्वको संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ । उपराष्ट्रपतिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभामा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरे ।
(बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन्), सन्देशमा उनले भने, (महान् चाड तिहारले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु ।)
उनले संविधानको पूर्णपालनसँगै राजनीतिक स्थायित्व, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई उर्जा थप्ने विश्वास व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस