विराटनगरको खदम खोला किनारमा युवकको शव फेला पर्यो
944 Views
विराटनगर , २० कात्तिक खोज मिडिया ।
विराटनगरमा पहिचान नखुलेको एक जना युवकको श*व फेला परेको छ । विराटनगर महानगरपालिका १६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा करिब २५/२६ वर्षका युवकको श*व फेला परेको प्रह*रीले जनाएको छ ।
श*वको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्र*हरीले अनुरोध गरेको छ । पहिचानका लागि प्रहरीले मृ*त*क युवकको हुलिया समेत उल्लेख गरेको छ ।
कालो रंगको टिसर्ट र कालै रंगको ट्राउजर, गोरो अनुहार, पाँच फिट चार इन्च उचाइ, कालो कपाल, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको श*व भेटिएको प्र*हरीले जनाएको छ । श*व पो*ष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको श*व गृहमा राखिएको छ ।





प्रतिक्रिया दिनुहोस