तीन वर्षीया छोरी बोकेर भाइटिका लगाउन हिडेकी ईश्वरी खोलामा खसेर बे*पत्ता
406 Views
जाजरकोट, २० कात्तिक खोज मिडिया ।
बुटकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा ख*सेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित ख*सेकी हुन् ।
खसेको केही समयभित्रै खोलाले बगाएर आमा बे*पत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मुख, टाउको र शरीरमा गहिरो चो*ट लागेकाले छोरीको अवस्था ग*म्भीर रहेको उनले बताए ।
छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बे*पत्ताको खोजिकार्य भइरहेको प्र*हरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस