कपिलवस्तुका नेवार समुदायले मनाए शाख्वाको जयन्ती
413 Views
कपिलवस्तु, १९ कात्तिक खोज मिडिया ।
कपिलवस्तुका नेवार समुदायले शंखधर शाख्वाको जयन्ती मनाएका छन् । नेवा दब देवु कपिलवस्तुको आयोजनामा बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गेमा एक कार्यक्रमको आयोजना गर्दै मनाइएको थियो । जिल्ला भरीका नेवार समुदायका अगुवाहरूको सहभागितामा मनाइएको थियो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका-२ का वडा सदस्य ईश्वरीप्रसाद खनाल, महिला अधिकारकर्मी माधुरी श्रेष्ठ, खेलकुद प्रशिक्षक राजु शाक्य, कपिलवस्तुका नेवार समुदायलाई संस्थागत गर्ने समाजसेवी निल कुमार श्रेष्ठ, नेवा दब देवु बुद्धभूमिका अध्यक्ष टेकनारायण जोशीले जिल्लामा नेवार समुदायले गरेका कामको चर्चा गरेका थिए ।





प्रतिक्रिया दिनुहोस