बिद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बराबरको क्षति
485 Views
उदयपुर, १९ कात्तिक खोज मिडिया ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत सर्ट भई आ*गला*गी भएको छ । राती करिव १२ः ४५ बजेतिर एक्कासी बिद्युत स*र्ट भएर आ*ग*ला*गी भएको हो ।
त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलीको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएको टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो । साँझ दिपावली गरेर हिडेका उनीहरुको पसलमा एक्कासी बिद्युत सर्ट भई आगलागी भएको स्थानीले बताए ।
राती अचानक आ*गला*गी भएपछि स्थानीयबासीले प्र*हरीलाई खबर गरेका थिए । स्थानीयबासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् ।
आ*गला*गीबाट ३५ वटा मोटर साईकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए ।





प्रतिक्रिया दिनुहोस