जाजरकोटमा ट्रक दु*र्घट*नामा दुई जनाकाे मृ*त्यु
410 Views
जाजरकोट, १९ कात्तिक खोज मिडिया ।
जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दु*र्घ*टनामा परेकाे हाे ।
दु*र्घट*नामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ । १० जना सवार रहेकाेमा एक जना बे*पत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।
आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् ।





प्रतिक्रिया दिनुहोस