
रामेछाप जिल्लाका ४,८९० जनाले १० हजार रुपैयाँ रकम पाउने, कुन स्थानीय तहमा कति कति जनाले पाउने छन् ?
1006 Views
रोमन लामा {क्षितिज}
रामेछाप १८ कार्तिक खोज मिडिया। रामेछाप जिल्लाको ८ ओटा स्थानीय तहका ४,८९० जनाले १० हजार रुपैयाँ रकम पाउने भएका छन् । कोभिड–१९ महामारीबाट प्रभावित भएका रामेछापका ४,८९० अति विपन्न घर परिवारले रु.१०,०००।- रकम पाउने भएका हुन्। सरकारले आ.व.२०७८/ ०७९ को बजेट मार्फत घोषणा गरेको विपन्न परिवारलाई रु.१०,०००।- रकम प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन भएसँगै रामेछापका कोरोना प्रभावित व्यक्तिहरुले पनि रु.१०,०००।- रकम पाउने भएका छन् । सबैभन्दा धेरै मन्थली न.पा.का १ हजार ८२ परिवार र सबैभन्दा कम उमाकुण्ड गा.पा.का. ३ सय ८१ घर परिवारले राहत स्वरुप उक्त रकम पाउने भएका छन् ।
नेपाल सरकारले विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकेको बेरोजगार भएको असङ्गठित क्षेत्रका मजदुर जस्तै– खुल्ला सडक, फुटपाथ, चौरमा खर्पन, नाङ्लो, डोकोमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्यालादारी भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, अटो चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायात मदजुर, पर्यटक भरिया र कोभिड-१९ को संक्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक रुपमा संकट झेल्नु परेको घर परिवार तथा अभिभावक गुमाएका असहायहरुलाई स्याहार गर्ने परिवारलाई सो रकम प्रदान लगिएको हो।
कुन स्थानीय तहबाट कतिले पाउँछन् ?






प्रतिक्रिया दिनुहोस