हार्मोनी बहुउदेश्यीय सहकारीद्धारा आयोजित भलिवल प्रतियोगितामा सुनापति-२, दिमीपोखरी प्रथम
832 Views
रोमन लामा {क्षितिज}
रामेछाप १८ कार्तिक खोज मिडिया। सुनापति गाउँपालिकामा खेलकुदको क्षेत्रमा उन्नयन गर्ने मुख्य ध्येयकासाथ हार्मोनी बहुउउद्देश्य सहकारी संस्था सुनापति-३ द्वारा आयोजित सुनापति गाउँपालिका स्तरीय भलिवल प्रतियोगिताको आज भएको फाइनल खेलमा सुनापति–२ दिमिपोखरी प्रथम, रेन्बो स्टार सुनापति-५ खनियापानी द्धितीय, योञ्जन सेवा समाज सुनापति-४ बेथान तृतिय र मगर युवा समाज दिमिपोखरी सुनापति-२ सान्त्वना हुन सफल भएका छन्। क्रमसः प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुने टिमहरूले ४० हजार, २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गरेका छन्।
आज भएको प्रथम हार्मोनी कप-२०७८ समापन समारोह तथा बृहत साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथि सुनापति गा.पा. को अध्यक्ष धावा लामा र विशेष अतिथि सुनापति गा.पा. को उपअध्यक्ष गीता विष्ट रहनु भएको थियो। आजको फाइनल खेल पश्चात विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। सो साँस्कृतिक कार्यक्रममा गायक प्रेम लोप्चन, गायिका शासिकला मोक्तान, गायक सुरेश लामा, गायक अविशेक तामाङ, गायिका सुजिता योञ्जन, गायक कर्मध्वज तामाङ, गायिका अनिषा तामाङ, गायक प्रमोद मोक्तान, मोडल ल्हामिन थिङ लगायत को म्हेन्दो डान्स ग्रुप प्रस्तुति रहेको थियो। आज भएको कार्यक्रम सम्बन्धि जानकारी प्रथम हार्मोनी कप-२०७८ समापन समारोह तथा बृहत साँस्कृतिक कार्यक्रमको संयोजक रोशन थिङले खोज मिडियालाई दिनु भएको थियो।





प्रतिक्रिया दिनुहोस