हिमाल आरोहण पश्चात दोलखा जिल्ला सदरमुकाम चरीकोटमा वातावरणीय न्याय सम्बन्धी अन्तरक्रिया
922 Views
काठमाडौँ, १६ कात्तिक खोज मिडिया ।
कोप-२६ लाई मध्यनजर गर्दै “वातावरणीय न्याय” को मागको मुल नाराका साथ कानून व्यवसायीका तर्फबाट पहिलो पर्वतारोही अधिवक्ता बिष्णु भुसालको नेतृत्वको टोलीले दोलखा जिल्ला स्थित ५ हजार ९ सय ३५ मिटर उचाई रहेको रामदुङ हिमालको चुचुरोको मिति २०७८ कार्तिक १३ गते बिहान ८:३० बजे सफल आरोहण गरेको छ। चुचुरो माथी वातावरणिय न्यायको माग गर्दै आरोहण कार्यक्रमको आयोजनामा सहकार्य गर्ने नेपाल बार एशोसीयसन, प्रो पब्लिक, फ्रेन्ड्स अफ अर्थ, हिमालयन सेफर्ड लगायतका संघ-संस्थाहरुको ब्यानर र नेपालको झण्डा फहराइएको थियो।
नेपाल जलवायु परिवर्तनको प्रभावबाट निकै जोखिममा रहेको र जलवायु परिवर्तनबाट हुने गम्भीर समस्याको सामना पनि गरिरहेको छ । रामदुङ्ग हिमाल आरोहण टोलीका नेता अधीवक्ता बिष्णु भुसालले भने,” यदि कोप-२६ मा सहभागी विश्व नेताहरुले हाम्रो आवाजहरुलाई वेवास्ता गरे भने, हामी अन्तराष्ट्रिय कानून व्यवसायी समुदाय अन्तराष्ट्रिय कानूनी संयन्त्रहरुको प्रयोग गरी समाधान खोज्न बाध्य हुने छौ।” यसै सम्बन्धमा यस पर्वतारोहण अभियानको सहकार्य संस्था प्रो पब्लिकका संस्थापक तथा निवर्तमान अध्यक्ष बरिष्ट अधिवक्ता प्रकाशमणि शर्माले भने “जलवायु परिवर्तनका कारण धेरै हिमनदीहरू, हिमालहरु, पर्वत शृङ्खलाका हिमतालहरू र तालहरू मुनि बसोबास गर्ने हजारौं मानिसहरूको जीवन, जीविकोपार्जन र सम्पत्तिलाई खतरा हुने गरेको छ।त्यसैले यस हिमाल आरोहण अभियानको उद्देश्य जलवायु परिवर्तनले हाम्रो बहुमुल्य पारिस्थितिकिय प्रणाली र स्थानीय समुदायहरुमा पार्ने विनाशकारी प्रभावहरु तर्फ विश्व जनसमुदाय तथा विश्व नेताहरुको ध्यानाकर्षण गराउने हो।”
हिमाल आरोहण पश्चात दोलखा जिल्ला सदरमुकाम चरीकोटमा वातावरणीय न्याय सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरीएको थियो। सो कार्यक्रममा माननीय जिल्ला न्यायधिश,प्रमुख जिल्ला अधिकारी, दोलखा जिल्ला बार एशोसियशनका अध्यक्ष सरोज उप्रेती , दोलखा जिल्ला निवासी विश्व प्रख्यात पर्वतारोही( ९ पटक पर्वतारोहणमा विश्व रेकर्ड राखेका तथा २२ पटक सफल पर्वतारोहण गरेका) पत्रकारहरु, नेपाल पत्रकार महासंघका पदाधीकारीहरु, नागरिक समाज लगायतका सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति थियो। यसै उद्देश्यका लागि
वि.सं. २०७९ को सुरुवात तिर सोही टोलीले विश्व कै सर्वोच्च सिखर सगरमाथाको आरोहण गर्ने पनि निर्णय गरेको छ।






प्रतिक्रिया दिनुहोस