अवैध रूपमा नेपाल भित्र्याइएको औषधिसहित दुई जना पक्राउ
394 Views
सिरहा, १६ कात्तिक खोज मिडिया ।
सिरहा प्र*हरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई प*क्रा*उ गरेको छ ।
लहान नगरपालिका- १९ कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २ सय २५ एमएलको १ हजार ६२ बोतल औषधि नि*यन्त्रणमा लिएको जिल्ला प्रह*री कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको ट्याम्पुमा ल्याइँदै गरिएको ३ लाख ३९ हजार मूल्यको औषधिसहित सिरहाको बरियारपट्टि गाउँपालिका ५ का १८ वर्षीय राकेशकुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ का २२ वर्षीय शत्रुद्यन राम पक्राउ परेका हुन् ।





प्रतिक्रिया दिनुहोस