सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १७ औ वार्षिकोत्सबको अवसरमा वित्तिय साक्षरता कार्यक्रम सन्चालन
388 Views
स्याङ्जा , १४ कात्तिक खोज मिडिया ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औ वार्षिकोत्सबको अवसरमा वित्तिय साक्षरता कार्यक्रम सन्चालन गरेको हो । मंगलबार फेदीखोला गाउँपालिका वडा नम्बर २ स्थित श्री सिद्धार्थ बहुमुखी क्याम्पसमा बैंकले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेकाे हाे ।
बैंकले आफ्नाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत क्याम्पसका विद्यार्थीलाई वित्तय ब्यवस्थापनका बारे एक दिने अभिमुखिकरण कार्यक्रम आयाेजना गरेकाे फेदीखोला शाखा प्रमुख विष्णु थापाले जानकारी दिनुभयो क्यम्पस प्रमुख होमनाथ सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागीहरुलाई शाखा प्रमुख थापाले वित्तिय ब्यवस्थापनका बारे अभिमुखिकरण गराउनुभएको थियो। कार्यक्रममा बैंककाे महत्व, आर्थिक ब्यवस्थापन, सदुपयाेग, बचत किन र कसरी लगाएतका बारे जानकारी गराउनु भएको थियो ।
त्यस्तै वित्तिय साक्षरता किन, ऋृण कसरी लिने, कसरी लिने, केका लागि लिने र कहाँ कसरी लगानी गर्ने साथै रेमिट्यान्स लगायतका सुविधाबारे समेत कार्यक्रममा अभिमुखिकरण गराइएकाे शाखा प्रमुख थापाले बताउनुभयो ।
कार्यक्रममा क्याम्पसमा करिब ५० जना विद्यार्थीकाे सहभागिता रहेेकाे थियाे ।
र विद्यार्थीलाई निशुल्क डिम्याट खाता खोल्नको सुविधा पनि उपलब्ध गराइएको थियो अधिकांश विद्यार्थीले सोहि अनुसारको फाईदा लिएको शाखा प्रमुख थापाले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस