तीन सय विपन्न बाढीपीडितलाई एनआरएनएले दियाे राहत
927 Views
काठमाडौं, ११ कात्तिक, खोज मिडिया । केही दिन अघि महाकाली नदिमा आएको बाढीले विस्तापित भएका भीमदत्त र दोधारा चाँँदनी नगरपालिकाका ३ सय विपन्न परिवारलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) ले राहत सामग्री उपलब्ध गराएकाे छ ।
प्रत्येक घर परिवारका लागि ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, ५ किलो आलु, ३ किलो नुन, ५ किलो प्याज, आधा किलो मसला र १ थान त्रिपाल उपलब्ध गराइएको हाे । पीडितका लागि २ थान म्याट, २ थान ब्लङकेट, १ थान बाल्टी २ थान जग, दैनिक प्रयोग हुने लत्ताकपडा, टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान र छाता १ थान पनि उपलब्ध गराएको संघले जानकारी दिएकाे छ ।
राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा पुगी अबलोकन र राहत कार्यमा सरिक भएका थिए । उनले जहिले पनि मातृभूमिमा आपत विपत परेको बेला विश्वभरिका गैरआवासीय नेपालीहरुले भौतिक तथा आर्थिक रुमा सहयोग गर्दै आएको बताए ।
राहत हस्तान्तरण कार्यक्रमका संयोजक तथा मध्यपूर्वक क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), मानार्थ परिषदका सदस्य तथा राहत कार्यक्रमका उपसंयोजक धर्मराज गिरि, राष्ट्रिय समन्वय परिषद क्यानाडा प्रतिनिधि तुला भट्टचन, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जनराज कुँवर, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाबाट नवीनराज जोशी, स्वयंसेवक प्रदिप खनाल, सन्जु श्रेष्ठलगायतले राहत संकलनमा सक्रिय सहभागिता जनाएका थिए ।





प्रतिक्रिया दिनुहोस