करेन्ट लागेर एक महिलाको मृ*त्यु
919 Views
कपिलवस्तु, १० कात्तिक खोज मिडिया ।
कपिलवस्तुमा क*रे*न्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृ*त्यु हुनेमा मायादेवी गाउँपालिका-८ जिग्नीहवा बस्ने ५२ वर्षकी मालती बर्गाह रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
मंगलबार साँझ घरको दलानमा रहेको स्विच अन गर्ने क्रममा क*रे*न्ट लागेर उनको ज्यान गएको हो ।
माइती पक्ष र भारतमा रहेका छोरा आएपछि बुधबार दिउँसो शवको पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ । घ ट नाको विषयमा इलाका प्रहरी कार्यालय पकडीले अनुसन्धान थालेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस