नेपालको संविधान सबैले स्वीकार गरिसके : नेम्वाङ
707 Views
इलाम, १० कात्तिक खोज मिडिया ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान सबैले स्वीकार गरिसकेको बताएका छन् । इलाम सदरमुकाममा आज आयोजित पाँचौ जिल्ला सभालाई संबोधान गर्दै नेम्वाङले नेपालको नयाँ नक्सा पारित गर्ने क्रममा सबै दलले समर्थन गरेकाले संविधान स्वीकार गरेको प्रष्टाए ।
‘नेपालको संविधान निर्माण गर्दा केही दलको समर्थन थिएन तर, नक्सा पारित गर्ने बेला सबैको स्वीकार रह्यो,’ नेम्वाङले थपे, ‘संविधानप्रति कसैको बिमती रहनु बेग्लै कुरा हो तर, अहिले कसैको पनि अस्वीकार छैन ।’ भारतमा पनि त्यहाँको संविधान स्वीकार गर्न सर्वसाधारणलाई पाँच बर्ष लागेको नेम्वाङले बताए । उनले अहिलेको संविधान लचक भएकाले आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेम्वाङले एमालेको नेतृत्वमा नै नयाँ नक्सा संसदबाट पारित भएको बताए । उनले नेकपा एमालेले मुलुकभर पुनः जित हासिल गर्ने दावी पनि गरे ।





प्रतिक्रिया दिनुहोस