माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आज, सेयरधनीलाई लाभांश मुख्य एजेण्डा
740 Views
काठमाडौं, १० कात्तिक खोज मिडिया ।
माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा आज बुधबार आयोजना हुने भएको छ । सभामा १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित सभा एम्बेस्सी रेष्टुरेन्ट पानीपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानको विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा छ ।





प्रतिक्रिया दिनुहोस