एमालेले विकासमा राजनीति गरेकाे गठबन्धनकाे आराेप
882 Views
खोटाङ,खोज मिडिया ७ कात्तिक । सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरूले खाेटाङमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण तथा राहत वितरणमा राजनीति गरेको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण र राहत वितरणको सवाललाई अन्य पार्टीका कार्यकर्ता तथा समर्थकलाई प्रलोभनमा पारी आफ्नो पार्टीमा तान्ने हतियार बनाएको सत्ता गठबन्धनमा आवद्ध नेताहरूको दाबी छ ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र नेकपा मालेले ७ कात्तिकमा संयुक्त विज्ञाप्ति जारी गर्दै पछिल्लो वर्षाले निम्त्याएको विपद्को बेला मानवीय सहयोग गर्नुपर्नेमा राजनीतिकरण गर्दै पार्टीमा तान्ने र प्रलोभन देखाउने गतिविधि देखाइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । स्थानीय तहमा विकास निर्माणका सन्दर्भमा विधि र नीतिलाई पछ्याउँदै जनप्रतिनिधिले साझा भूमिका निर्वाह गर्नुपर्नेमा स्थानीय सत्ताको दुरुपयोग गर्दै अन्य पार्टीका कार्यकर्ता र समर्थकलाई विकास योजना दिन्छु भन्दै प्रलोभनमा पारी अराजनीतिक काम गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो एक हप्ता लामो समय परेको वर्षातले खोटाङलगायत देशभरी मानवीय क्षतिका साथै कृषि बालीमा ठूलो क्षति भएको उल्लेख गर्दै सत्ता गठबन्धनमा आवद्ध तथा प्रतिगमनविरुद्ध उभिएका राजनीतिक दलले पीडितलाई राहत प्रदान गर्न प्रदेश तथा संघीय सरकारसँग माग गरेको छ । विज्ञप्तिमा कांग्रेसका सुमनबाबु आचार्य, माओवादी केन्द्रका पृथ्वी किराती, जनता समाजवादीका टंक थापा, नेकपा (एकीकृत समाजवादी)का बबी चाम्लिङ र नेकपा मालेका 





प्रतिक्रिया दिनुहोस