डोल्पाको भेत्तिमा जिप दुर्घटना, नौ जना घाइते
467 Views
जाजरकोट,खोज मिडिया ७ कात्तिक । डोल्पा सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका-३ सुँपानीतर्फ आउँदै गरेको बोलेरो जिप दु*र्घ*टना हुँदा नौ जना घा*इते भएका छन् ।
घा*इते हुनेहरूमा मकवानपुरको हेटौंडा नगरपालिका-९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, ३८ वर्षीय अशोक सारुमगर, ११ बस्ने २२ वर्षीय बुद्धवीर लामा, ४ बस्ने ३९ वर्षीय सुरेश श्रेष्ठ, ३८ वर्षीय रमेश गौतम, १० बस्ने ३६ वर्षीय सुशील राज गिरी, ९ बस्ने ३१ वर्षीय जीवन शर्मा, ७ बस्ने ३८ वर्षीय किरण अधिकारी र चालक ठूलीभेरी नगरपालिका-९ डोल्पाका २० वर्षीय जुनकोष शाही रहेका छन् ।
भे१ज ९७५ नम्बरको बोलेरो जिप ठूलीभेरीनपा-९ स्थित भेत्तिमा स्टेरिङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा दु*र्घ*टना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
घा*इते मध्ये विष्णु श्रेष्ठ, अशोक सारुमगर र बुद्धवीर लामाको हात, मुख तथा खुट्टामा गहिरो चाट लाग्नुका साथै उनीहरूको अवस्था ग*म्भी*र रहेको प्र*हरीले जनाएको छ । अन्य घा*इतेहरूको अवस्था सामान्य रहेको र सबैलाई जिल्ला अस्पताल दुनैमा उपचारको लागि लगिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।





प्रतिक्रिया दिनुहोस