उखु किसानको रकम तुरन्त भुक्तानी दिनुपर्ने माग राख्दै सयुसं रौतहट द्धारा विरोध प्रदर्शन।
533 Views
ललन कुमार चौरसिया
पुस २ रौतहट, खोज मिडिया। रौतहट जिल्लाको सदरमुकाम गौरमा उखु किसानको बक्यौता रकम दिनुपर्ने माग गर्दै जनता समाजवादी पार्टी नेपालको निकटमा समाजवादी युवा संघले रौतहट सहित देशभरि विरोध प्रदर्शन गरेका छन्। चिनी मिलका सञ्चालनहरुले उखु किसानहरुको बक्यौता रकम तुरन्त भुक्तानी गर्नुपर्ने माग राख्दै समाजवादी युवा संघ रौतहटले गौरमा विरोध प्रदर्शन गरिएका छन्। समाजवादी युवा संघ प्रदेश नं २ का कार्य समितिको अगुवाइमा चिनी मिल सञ्चालनको विरुद्धमा प्रदर्शन गरिएका छन्।
समाजवादी युवा संघ प्रदेश सचिव कमलेश यादव र जिल्ला अध्यक्ष कौशर खान मैथली को नेतृत्वमा सयौँको संख्यामा युवाहरूले आज रौतहटको सदरमुकाम गौरमा शक्तिको साथमा प्रदर्शन गरेको छ। चिनी मिल सञ्चालन गरिब किसानको उखुको बक्यौता रकम भुक्तानी गर नाराबाजीसहित युवाहरूले गौर परिकर्मा गर्दै विरोध प्रदर्शन गरेका छन्। समाजवादी युवा संघ प्रदेश सचिव कमलेश यादवले श्रीराम सुगर मिल गरुडाले किसानलाई रकम तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन्। मिलले किसानको रकम भुक्तानी नगरेमा यो भन्दा कडा आन्दोलन गर्ने बाध्य हुने सचिव यादवले बताएका छन्।
विरोध प्रदर्शन पश्चात् आफुहरुले रौतहटको सिडियो इन्द्रदेव यादवलाई उखुको भुक्तानी मिल सञ्चालन सँग तुरुन्तै दिलाउनु पर्छ माग राख्दै ज्ञापन पत्र समेत बुझाएको सचिव यादवले बताएका छन्। विरोध प्रदर्शन कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका युवा नेता राजकुमार दास, उपेन्द्र राय, दिनेश यादव, ओम प्रकाश साह, ललन यादव, रामाकन्त चौरसिया लगायतका सयौं युवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस