कोभिअड १९ का कारण बन्द अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय यहि मंसिर ९ गते देखि खुल्यो, दैनिक सयौ जनाले अबलोकन
1287 Views
पोखरा २३ मंसिर । खोज मिडिया – नेपाल पर्वतारोहण संघ NMA द्वारा पर्वतारोहण र पर्वतीय गतिविधि झल्काउने उदेश्यमा सञ्चालनमा रहेको पोखरा महानगर पालिका -१७ रातोपैरो स्थिति रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय कोभिअड १९ का कारण बन्द भए पछि यहि मंसिर ९ गते देखि मास्क, स्यानिटाइजर लगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी सञ्चालनमा ल्याइएको छ संचालन भएको केही दिनमै चहलपहल सुरुभएको र आजको दिन सम्ममा करिब १५०० अवलोकनकर्ता भ्रमण गरिसकेका छ्न भने दिनानुदिन बढ्दो क्रममा छ । आज सोदेशी तथा विदेशी गरि ८९ जनाले अबलोकन भ्रमण गर्नु भएको छ ।
सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थी रु ५०, नेपाली रु १००, सार्क रु २५० र बाह्य पर्यटकलाई रु ५०० र बगैंचामा मात्र जानेलाई रु ३० को टिकट को व्यवस्था गरिएको छ ।सङ्ग्रहालयमा पर्यटकको आकर्षक रुपमा मनासुलु मोडेल , याक मोडेल , काठेपुल, माछा पोखरी , बगैँचा , सुविधाजनक रेष्टुरेन्ट , प्रसस्त पर्कीङ , शौचालय पिउने पानी र वृहेत खेल मैदान रहेकोले पनि पर्यटकहरू को रोजाइमापर्ने गर्छ । पछिल्लो समय टिकटक प्रेमीहरुको लागि उतिकै रोजाइ मा परेको कुरा संग्रहालय प्रशासनले जानकारी दिएको छ ।
हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा पर्वतरोहणका सम्बन्धमा हालसम्म भएगरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुका सम्बन्धमा जानकारीहरु अवलोनका लागि राखिएको हुनाले थप पर्यटकहरुको विशेष रोजाइमा पर्ने गरेको छ । छ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।
नेपाल पर्वतारोहण सघले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा फैलिएको सङ्ग्रहालय कोरोना सङ्क्रमणको डर यथावत रहेपनि लामो समय सम्म घरमै सिमित रहनुपरेको मा ठूलो क्षेत्र फलमा रहेको संग्रहालय खुलेकोमा आफुहरुलाइ ठुलो खुशिलागेको अबलोकन कर्ता को भनाइ रहेको छ । पर्यटकीय नागरी पोखरा आएका आन्तरिक तथा ब्राह्य पर्यटकका लागि भौतिक दुरि र स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर सङ्ग्रहालय खुलाइएको संग्रहालयमा स्टोर किपर तथा प्रशासन सहाय उज्ज्वल अधिकारीले बताएका छन् । कर्मचारी र अवलोकनकर्ताका लागि स्यानिटाइजर लगायतका उचित सतर्कता अपनाइएको पनि उहाँले बताउनुभयो । संग्रहालयलाई पुरानै स्थितिमा पुर्याउन संग्रहालयमा कार्यरत सम्पुर्ण कर्मचारी जुटिएको लामो बन्द अनि मुख्य गेट, सोभिनियर सप र बोटानिकल गार्डेन को निर्माण कार्य चलिरहेको कारण सरसफाइ र गार्डेन ब्यबस्थापन अलि चुनौतीपूर्ण रहेता पनि सरसफाइ तथा गर्डेन सुपरभाइजरहरुको टिम सो कार्यमा खटिइरहेको पनि अधिकारी ले बताउनुभयो
प्रतिक्रिया दिनुहोस