तामाङ गित ‘कहाँको मैच्याङ’ को छायांकन सकियो !
1058 Views
काठमाडौँ २२ असोज। खोज मिडिया – नेपाली चलचित्र उधोगका थुप्रै हिट गितका निर्देशक हेरुका लामाको निर्देशनमा बिहीबार तामाङ म्युजिक भिडियो ‘कहाँको मैच्याङ’ को छायांकन सम्पन्न भएको छ ।
गायक बिश्व दोङ र गायिका शसिकला मोक्तानले गाएका गितको भिडियोमा कुशल कलाकार कुईसाङ रुम्बा, अनिता नेगी, सुमिता दोङ, सन्तोष दोङ लगाएतको अभिनयलाई हेर्न पाईन्छ ।
अडियोको मर्मानुसार तामाङ मौलिकतालाई केन्द्रमा राखेर भिडियो मेकिङ गरेको निर्माण टिम बताउँछन् ।
राज काले घिसिङले निर्माणमा संयोजन गरेका भिडियोलाई केही दिन भित्रै युट्युबमार्फत दर्शकहरुले हेर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस