बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसीको प्रथम प्रदेशस्थरिय कार्यक्रम सम्पन्न
811 Views
ललन कुमार चौरसिया
रौतहट ३ असोज।। प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोतरीको बर्दिवासमा सम्पन भएको छ । बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलीसीका प्रदेश दुईको सभापति फिरोज आलमको सभापतित्वमा सम्पन कार्यक्रम सम्पन्न भएको छ। आठ वटै जिल्ला बाट प्रदेश समितिमा चयन भएका सम्पूर्ण लाइ टीका लगाउदै स्वागत गरेका थिए । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै प्रदेश दुई सभापति फिरोज आलमले बीपी कोइराला नेपालका मात्र नभई विश्व कै नेता भएको बताए । विश्वमा नेपाली नेताको चर्चा हुँदा बीपी कोइरालको मात्र हुने गरेको बताएँ । बीपी कोइरालाको समाजवादले नै गरिब निमुखा जनतालाई समेट्न सक्ने बताए ।
यसै क्रममा नेपाली कॉंग्रेस हिमाल पहाड तराई सबैको पार्टी भएको कुरा उल्लेख गरे । बीपी कोइराला ले त्यति बेला नै पर्शु नारायण चौधरी लाई भावी प्रधान मन्त्री भनेर घोषणा गरेका थिए । कॉंग्रेसले मधेशीको छोरालाई राष्ट्रपति बनाएको कुरा समेत स्मरण गराएका थिएँ । त्यो सोच नेपाली कॉंग्रेसमा हिजो पनि थियो र आज पनि छ भोली पनि रहने छन् । मधेशी दलले कालो दिवस मनाउन दिएको निर्देशन नैतिकता बिना को राजनीति भएको टिप्पणी गरे । उपेन्द्र यादव वारम्वार मधेशी जनतालाई धोका मात्र दिएको छ । त्यहि संविधान टेकेर मन्त्री बन्ने र त्यहि संविधान न माने यो केवल नाटक गरेको आरोप लगाए ।
त्यसैले नेपाली कॉंग्रेस ले मात्र मधेशीको मुद्दा सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष विकाश तिवारी लगाएत प्रदेश सदस्यहरु को सहभगिता रहेको थियो । कार्यक्रम सञ्चालन सस्थाका सचिव रोशन ठाकुरले गरेको थियो
प्रतिक्रिया दिनुहोस