रौतहटको गरुडामा आन्दोलनका घोषणा।
513 Views
ललन कुमार चौरसिया
रौतहट १७ भदौ, खोज मिडिया- रौतहटको गरुडा नगरपालिकाको निरञ्जन राम हत्या काण्डमा पक्राउ परेका विजय राम महराको मृत्यु पछि रौतहटको गरुडा शुरु भएछ विरोध प्रदर्शनका क्रममा रोकिएको छ। गत श्रावण ३२ गते गरुडा नगरपालिका वाड नं ८ जिंगडीयाका रौतहटको २० बर्षिय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा विजय महरा पक्राउ परेका थिए। उपचारका क्रममा भदौ १० गते नेशनल मेडिकल कलेज विरगंजमा मृत्यु भएको थियो। भदौ २ देखि प्रदर्शन शुरु भए पछि विजय रामको मृत्यु पछि झन् चर्किएको थियो। रौतहट दलित संघर्ष समितिले १० सुुत्रिय मागँ सहित आन्दोलन कार्यक्रम सार्वजनिक गरिको छ।
रौतहट जिल्लाको गरुडा ईलाका प्रहरी कार्यालय अगाडि धर्नास्थलमा बुधबार पत्रकार सम्मेलन आयोजना गरि दलित संघर्ष समिति आफ्नो मागँ पुरा नगरेर आन्दोलन कार्यक्रम सहित संघर्ष गरिरहेको संयोजक सोनालाल रामले सार्वजनिक गरे। प्रहरीको हिरासतमा रहेका निर्दोष ४ जना सिकेन्द्र पासवान, अजय राम, विवेक यादव, अर्जुन रामलाई तुरुन्तै रिहा गर्न माग गरेका छन ।
मृतक निरञ्जन राम र विजय महरालाई सहिद घोषणा गरी प्रहरी द्वारा हत्या गरीएका विजय रामको मुद्दा दर्ता गरी दोषीलाई कारवाही गर्न माग राखेको छ। त्यसैगरी मृतक निरञ्जन रामको अभियुक्त लखन साह, राजगिर साहलाई अविलम्ब पक्राउ गरि कानुनी दायरामा ल्याई, मृतक निरञ्जन राम र विजय महराको हत्याकाण्डलाई छानबिन गर्न दलित आयोग, मानव अधिकार सहितको संसदिय उच्च स्तरीय छानबिन समिति गठन गरि, दलित अगुवा तथा अधिकारकर्मीको ज्यान धनको सुरक्षाको ग्यारेन्टी गर्नका लागि दलित हत्या हिंसा अबिलम्ब संबोधन नभएमा आन्दोलन गर्न बाध्य हुने छौँ। विज्ञप्तिमा उल्लेख गरिएको छ। दलितहरूको आन्दोलन प्रति एक्यबद्धता जनाउँदै पर्व मन्त्री तथा संसद विरेन्द्र पासवान पाँच दिन देखि ईलाका प्रहरी कार्यालय गरुडा अगाडि आमरण अनसनमा बसेका छन्।
प्रधानमन्त्री,गृहमन्त्री, रक्षामन्त्री र प्रदेशका मुख्यमन्त्री अनिवार्य गरुडा आउनुपर्ने समितिका अध्यक्ष सोनालाल राम द्वारा हत्क्षातरीत विज्ञप्तिमा उलेख रहेको छ। भदौ १७ गते पत्रकार सम्मेलन पछि कालोपट्टि बाँधेर जुलुस प्रदर्शन १८ गते जिल्ला लगायत, प्रदेश २ को राजधानी जनकपुरधाम मुख्यमन्त्री कार्यालय घेराउका कार्यक्रम रहेको छ। मागँ पुरा नहुन्जेलसम्म ईलाका प्रहरी कार्यालय गरुडा अगाडि अन्सन जारी रहने उलेख गरेको छ। पत्रकार सम्मेलनको अवसरमा दलित संघर्ष समितिका पदाधिकारीका साथै पर्व मन्त्री विरेन्द्र पासवान समेत उपस्थिति रहेको वहुजन शक्ति पार्टीका केन्द्रीय सदस्य मुटुक पासवानले जानकारी दिएका छन्। पिडितको मागँ अनुसार गृहमन्त्रालयका इन्स्पेक्टर र हवल्दारलाई ६ महिनाको लागि निलम्वन गरिएको तर आदेश दिने एसपी र डिएसपीलाइ भने जोगाउन खोजेको उनको आरोप छ।
सथै गृहमन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित ३ सदसिय टोलीले घटनाको छानबिन सुुरु गरेको छ। समितिले छानबिन गरी १५ दिन भित्र प्रतिवेदन बुुझाए पछी दोषीलाई कानुनी दायरामा ल्याई सजाय दिने रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै पक्षलाई सहमति रहन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस