विजय महराको हत्या संलग्नमा रहेका ३ प्रहरी निलम्बित।
554 Views
ललन कुमार चौरसिया
रौतहट १६ भदौ, खोज मिडिया- गत श्रावण ३१ गते रातीको समयमा रौतहट अन्तर्गत गरुडा नगरपालिका वडा नं.८ जिंगडिया वस्ने २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरिएको आरोपमा कर्तव्य ज्यान मारेको मुद्दा घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पक्राउ परेका प्रतिवादी मृतक विजय महरा समेतको सोधपुछमा संलग्न रही जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्रहरी निरीक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मन्नु कुमार सिंहलाई उक्त घट्नाको सम्बन्धमा प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरि दिन हुन भनि जिल्ला प्रहरी कार्यालय, रौतहटको अनुरोध वमोजिम प्र.नि. नविन कुमार सिंहलाई गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७७।०५।१५ गतेको निर्णयानुसार श्री गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाको च.नं.८९ मिति २०७७।०५।१५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिको लागि निलम्वन गरिएको र प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको च.नं.३२५ मिति २०७७।०५।१५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि समेत निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ |
प्रतिक्रिया दिनुहोस