कन्चटमा गोली हानी हत्या गरेको पुजारीको सम्मानमा मंदिरको शिलान्यास ।
327 Views
ललन कुमार चौरसिया
रौतहट १५ भदौ, खोज मिडिया- रौतहट जिल्लाको माधवनारायण नगरपालिका खेसरहियामा रहेको हनुमान मन्दिरको पुजारीलाई कन्चटमा गोली हानी श्रीराम साहको १३ औं पुण्यतिथिमा मा. प्रभु साहको पहलमा आज भब्य हनुमान मन्दिर निर्माणको शिलान्यास भएको छ । मौलापुर नगरपालिकाको मेयर रीना कुमारी साह र माधवनारायण नगरपालिकाको उपमेयर सिमल साहको संयुक्त रुपमा शिलान्यास कार्यक्रममा गरिएको हो।
नेकपाको नेता एवं बिधायक प्रत्याशी उपेन्द्र साह,प्रदेश कमिटी सदस्य त्रिभुवन साह, देवाहीगोनाहीको उपमेयर सुनैना पटेल लगायत जनप्रतिनिधि, नेता एवं पुजारी श्रीराम साहको परिवारको सदस्यहरूको विशेष उपस्थिति रहेको थियो । त्यागी एवं निष्ठावान पुजारी श्रीराम साहको सपनालाई अगाड़ी बढ़ाउन र वहाँको योगदानलाई स्थापित गर्न मा. प्रभु साहले उक्त मन्दिर निर्माण घोषणा गर्नुभएकोछ । वहाँको सम्मानमा साधु-सन्तहरूले भण्डाराको आयोजना गरेकाछन भने रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा निकायका प्रमुखहरूले उक्त स्थानको निरीक्षण गरि त्यहा प्रहरी चौकी राख़्ने प्रतिबद्धता गर्नु भएकोछ । यस अवसरमा पुजारी श्रीरामप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो हो।
प्रतिक्रिया दिनुहोस