कोरोनाको मुखबाट बाचेर यो गित जन्म्यो,राज शिक्देलको स्वरमा अहिलेको समय सान्दर्भिक गित “कोरोनाले परदेशमा” म्युजिक भिडियो सहित
808 Views
काठमाडौँ ९ भदौ, खोज मिडिया।अहिलेको समय सान्दर्भिक “कोरोनाले परदेशमा” भन्ने बोलको गित YouTube मा आइसकेको छ। यो गित कसरी जन्म्यो त ? गीतकार स्वयम् आफैलाई कोरोना पोजेटिभ भएर निको भएपछी आम नेपालीलाई चेतनामुलक कोरोनाबाट के कस्तो गाह्रो हुन्छ भन्ने सन्देश मिलोस भनेर यो गित लेखिएको गीतकार दिपराज थापा भन्नुहुन्छ।
राज शिक्देलको स्वरमा, दिपराज थापाको शब्द, गायक नन्दु राइको संगीतमा बनेको यो गित छायांकन धन खालिङ् र यो भिडियोमा डिरेक्सन नन्दु राइ र दिपराज थापाको थियो। कलाकारहरु खोज मिडियाको VJ सन्ध्या सुस्केर, पुजा पाठक, दिपराज थापा, हन्न थापा, सरोज देपकोटा, सिमोन थापा, सिसिलिया अबेर्क, सोफी मार्टेन्स्सोन र एड्बिन थापा टिमको अभिनयमा म्युजिक भिडियो बनेको छ। यो म्युजिक भिडियोको छायांकन नेपाल र आधी स्विडेन देशमा गरिएको संगीतकार नन्दु राइले खोज मिडियालाई जानकारी दिनुभयो, भिडियो OSR Digital YouTube च्यानलबाट अपलोड गरिएको छ। खोज मिडियाको तर्फबाट सम्पूर्ण टिम लाई बधाई साथै सबै ले एक चोटि हेर्न नछुटाउनु होला !
प्रतिक्रिया दिनुहोस