बाराका प्रजिअ पण्डित राजनितीक आडमा काम गर्दै गुणस्तरहिन भनेर गाडेको रहरको दाल जनताले लगे ।
1159 Views
ललन कुमार चौरसिया
रौतहट ७ भदौ, खोज मिडिया- बारा का प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित राजनितीक संरक्षणको आशंका वा घेरामा परेको बुझिएको छ । गुणस्तरहिन भनेर प्रशासनले गाडेको ८ सय ३० बोरा रहरको दाल स्थानीयहरुले खानको लागि लगेका छन् ।गत बिहिबार बेलुका कोल्ड स्टोरेजमा सिलबन्दी गरिएको अखाद्य रहरको दाल जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, भद्र-भलादमी, पत्रकारहरू समेतको रोहरवरमा कलैया उपमहानगरपालिका वडान .१४ बघवन टोल स्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुनः माटोले पुरी नष्ट गरिएको थियो । तर त्यस्को एक दिन मै त्यहाका स्थानीयहरुले साईकल, मोटरसाइकल तथा अटो समेत भाडा गरि निकालेर लगेका छन् ।
“अब प्रश्न प्रमुख जिल्ला अधिकारी तर तेर्सिएको छ “के त्यो दाल खान उपयुक्त नभएको हो र यदि उपयुक्त नभएको भए त्याहा का जनता किन सडेको दाल प्रहरीले गाडे पछि लिएर जान्थे होला? यादव आइस एण्ड कोल्ड स्टोरमा राखिएको रहरको दाल जिल्ला प्रशासन कार्यालय बारा समेतको रोहवरमा उक्त ८ सय ३० बोरा दालमध्येबाट परीक्षण पश्चात उक्त रहरको दाल खान नमिल्ने अखाद्य भएको भनी प्रमाणित भएको थियो। तर के त्यो ८ सय ३० बोरा नै खान नमिल्ने प्रमाणित भएको होर । त्यस बाट सबै बोरा म रहेको दाल गुणस्तरहिन हो की केही खान योग्य पनि थियो यसमा अब प्रश्न उठेको छ ।यदि प्रमाणित नै भएको हो अखाद्य छ भने फेरि किन जनता ले दाल लगेका हुन । यसमा अहिले सम्म पनि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित नबोल्नुको कारण वाहा राजनीतिक संरक्षणको घेरामा त रहेका छैनन् । प्रजिअ पण्डित अहिले आशंका को घेरामा छन् ।
प्रतिक्रिया दिनुहोस