पुजारी हत्या कन्डमा संलग्नलाई पक्राउ नगरेको भन्दै बिश्व हिन्दु महासंघ रौतहटले बिरोध गरेको छ ।
535 Views
ललन कुमार चौरसिया
रौतहट ६ भदौ, खोज मिडिया- रौतहट अन्तर्गत माधवनारायण नगरपालिकाको खेसरहियामा एक पुजारीको हत्या भएको तीन दिन बितिसक्दा समेत संलग्न लाई पक्राउ नगरेको भन्दै बिश्व हिन्दु महासंघ रौतहटले बिरोध गरेको छन् । शनीबार एक बिज्ञप्ति प्रकाशित गर्दै बिश्व हिन्दु महासंघ रौतहटका अध्यक्ष शालीग्राम शर्माले हिन्दुहरुको आस्थाको रुपमा रहेको मंन्दिरमा पुजारीको हत्या हुनु दुखद रहेको भन्दै संलग्न लाई चाडै पक्राउ गर्न माग गर्नु भएको छ ।
गत बुधबार राती माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको अज्ञात समुहले कन्चटमा गोली हानी हत्या गरेर फरार भएपछि यस्को चौतर्फी बिरोध भएको छ । मन्दिर परिसरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले पुजारी साहको गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला निषेधाज्ञा रहेको समयमा पुजारीको हत्या हुनुले समग्र शान्ति सुरक्षाको अबस्था नाजुक रहेको दर्शाउछ भन्दै बिश्व हिन्दु महासंघ रौतहटका अध्यक्ष शर्माले आगामी दिनमा आम नागरिकको जीउधनको सुरक्षाको प्रत्याभुती दिलाउनसरकार संग माग गर्नु भएको छ । यस्तै बिश्व हिन्दु युबा संघका अध्यक्ष ऋषिकेश जंग शाहले पुजारी हत्याको घटनाबारे एक विज्ञप्ति जारी गर्दै हत्या गरिएका पुजारीलाई ‘धार्मिक सहिद’ घोषणा गर्न माग पनि गर्नुभएको छ ।
यस्तो घटनाको जति निन्दा गरे पनि त्यो कम हुने बताउनु हुदै उहाले जुन समाजले साधु सन्तको रक्षा गर्दैन त्यो समाज पतन भएर जाने प्रेस बिज्ञप्तिमा उल्लेख गर्नु भएको छ । त्यस्तै हिन्दु धर्म अभियन्ता अस्मिता भण्डारीले पुजारी हत्या घट्नाको तत्काल छानविन गरी अपराधिलाई कारवाही गर्न माग गर्नुभएको छ । समाजमा ब्याप्त विसंगती, हत्या, हिंसा र धर्म निरपेक्षको आडमा दिनानुदिन बढ्दै गएको धर्मान्तरण तथा हिन्दु धर्मका अनुयायी माथिको बढ्दो आक्रमणलाई रोक्न उहाँले सरकार सक्षम हुन नसकेको सामाजिक संजाजमा लेख्नु भएको छ । पुजारीको हत्या हुनु चार दिन अघि साउन ३२ गते मात्रै गरुडा नगरपालिका–८ गत जिगडियाका २० बर्षिय निरन्जन रामको हत्या भएको थियो । उनको हत्या आरोपमा प्रहरीले सात जना लाई पक्राउ गरी मुध्दा चलाएको छ ।
प्रतिक्रिया दिनुहोस