२४ घण्टामा ५ सय ९४ संक्रमित थपिए, संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्यो
384 Views
काठमाडौं, ३० साउन । मुलुकमा थप ५ सय ९४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ९४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
मन्त्रालयका अनुसार बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनुषाका १ जना, मोरङका ४, सुनसरीका २२ जना, कोसी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका २५ जना, सप्तरीका २ जना,प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ९ जना, मोरङका ३३ जना, सिरहाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, गजेन्द्र नारायण सिंह अस्पतालमा सप्तरीका ११ जना र सिरहाका २ जना, जनकपुर प्रयोगशालामा धनुषाका ४९ जना, महोत्तरीका १८ जना, सप्तरी, सर्लाही, सिन्धुली र उदयपुरका १÷१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, भरतपुर अस्पताल भरतपुरमा चिवतनका १२ जना, मकवानपुरका १ जना, नलपरासी पूर्वका १ जना, सर्लाही र तनुहँका १ जनामा संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा भएको परीक्षणमा बारका २० जना, महोत्तरीका २ जना, पर्साका २७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना, भक्तपुरका ३ जना, काठमाडौंका २३ जना, ललितपुरका १ जना, नुवाकोटका १ जना, पर्साका ४१ जना, सर्लाहीका ८ जना र सिन्धुपाल्चोकका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा काठमाडौंका १६, लतिलपुरका ३, पर्साका १, रौतहटका २, सर्लाहीका ३ जनामा संक्रमण देखिएको छ ।
यता, किटजन्य प्रयोगशाला हेटौंडामा सिन्धुलीका ९जना, धनुषाका १ जना, महोत्तरीका २ जना, मकवानपुरका १६ जना, मोरङका १ र रौतहटका ३ जनामा संक्रमण देखिएको छ ।
धुलिखेल अस्पतालमा भएको परीक्षणमा गोरखाका १, सिन्धुलीका १ जना, काठमाडौंका ३ जनामा, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका ७ र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा बाजुरका १ जना, बारा र भक्तपुरका १ जना, चितवन र धादिङका १ जना, धनुषाका ३ जना, हुम्लाका १ जना, कैलालीका ३, काठमाडौंका ४ जना, ललितपुरका २६ जना, महोत्तरीका २, मकवानपुरका २ जना, पर्साका २ जना, रुपन्देहीका १ जना, सर्लाहीका १, र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको छ यस्तै, बीएण्डबी अस्पतालमा काठमाडौंका १ जनामा संक्रमण देखिएको छ ।
यता, प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका १३ जना, यता, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा बाराका २ जना, भक्तपुरका २ जना, चितवनका १ जना, कैलालीका १ जना र काठमाडौंका ६ जना, ह्याम्स अस्पतालमा काठमाडौंका १० जनामा संक्रमण देखिएको छ ।
यता, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीका १ जना, लमजुङका १ जना, नलवपरासी पूर्वका १ जना, पर्वतर स्याङजाका १÷१ जना, तनहुँका २१ जनामा संक्रमण देखिएको छ ।
यता, लुम्बिनी प्रयोगशालामा कपिलवस्तुका ५ जना, प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २ जना, भेरि अस्पतालमा बाँकेका २२, बर्दियाका ५ जना र सुर्खेतका ३ जनामा संक्रमण देखिएको छ ।
राप्ती विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालाबाट दाङका १ जना, नेशनल ल्याब प्रालिमा रुपन्देहीका ११ जना, लुम्बिनी प्रयोगशालामा र सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सल्यानका १ जना, सुर्खेतका १८ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, स्वास्थ्य कार्यलय दैलेखमा दैलेखका ३ जना, सेती प्रादेशीक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा अछामका ६, कैलालीका ५, कञ्चनपुरका २ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस