दुबईबाट पार्वती बचाउ अभियानको लागि आर्थिक सहयोग
752 Views
खोज मिडिया -२० जुलाई २०२० को दिन नेपाल लगायत हामी प्रवासमा रहेका केही साथीहरूको छलफलद्वारा एउटा समिति गठन गरी बिगत ३ वर्षदेखि मुटु सम्बन्धि (Tatayashu,s Arteritis With HTN) रोगद्वारा पीडित कोभिड-१९ कोरोना भाइरसको कारण डाक्टरको सल्लाह अनुसार हाल घरमै उपचार गरि रहनु भएका (रोशीगाउँपालिका-०३,काभ्रे) का स्थायी बासिन्दा सुश्री पार्वती तामाङ बचाउन अभियानलाई सफल पार्नको लागि दुबईमा कार्यरत श्री छिरिङ बल तामाङ र श्री अमृत तामाङ ज्यूको सक्रियतामा सामाजिक भावनाले उत्प्रेरित ब्याक्तित्वहरुबाट संकलन गर्नु भएको १७००/- दिराम अर्थात नेपाली रु.५५३२०/- र नेपालबाट उहाँहरुकै पहलमा संकलन गर्नु भएको रु.१००००/- गरि जम्मा रु.६५३२०/- आज १४ अगस्ट २०२० को दिन नेपालमा बैंक खातामा जम्मा गर्नु भएको जानकारी दिनु भयो। यसको साथै दुबईबाट हामीले चलाएको यो अभियानलाई औपचारिक रुपमा आजको मितिबाट बन्द गरेको जानकारी गर्दछु। तर कोहि ब्यक्तिहरुलाई सहयोग गर्न चाहनु हुन्छ भने नेपालमा रहेका बिरामीको आफन्तहरुलाई सम्पर्क गरी सहयोग गर्न सक्नु हुनेछ भन्ने पनि अवगत गर्दछु।
अन्तमा यस अभियानलाई साथ सहयोग र समर्थन गर्नु हुने नेपाल लगायत देश बिदेशमा रहनु भएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई मेरो ब्यक्तिगत तर्फबाट हार्दिक आभारको साथै आगामी दिनमा पनि तपाईंहरुको साथ सहयोग र समर्थनको पुर्ण अपेक्षा गर्दछु । धन्यवाद !!
नेपालमा रहेका बिरामीको आफन्तको सम्पर्क नम्बर:-
१.श्री गोरे लामा -(982-3170895)-(बुबा)
२.श्री धन ब.तामाङ -(984-1569059)-(मामा)
३.श्री सत्य मान तामाङ -(9851169796)-(दाइ)
प्रतिक्रिया दिनुहोस