आज डरलाग्ने गरी बढे कोरोना संक्रमित काठमाडौँमा, भारतबाट आएकाहरुले बनाए भयाभहको अवस्था
640 Views
काठमाडौं, साउन १५ । काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका बेला बिहिबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ४१, ललितपुरका २ र भक्तपुरका २ गरी उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएको हो।
काठमाडौँमा विभिन्न जिल्ला तथा भारतबाट आउनेहरुको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या बढेको हो । ठूलो जनघनत्व भएको शहरमा यसरी कोरोना फैलिँदै गएमा अवस्था भयाभह हुने विज्ञहरुले चेतावनी दिइरहेका बेला सरोकारवाला निकाय भने काठामडौँको विषयमा संवेदनशिल नबन्दा खतरा बढ्दो छ ।
यसैबिच नेपालमा बिहिबार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
यस्तै बिहिबार नेपालमा देशभर थप २ सय २७ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार २ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप २ सय २७ जना घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।
प्रतिक्रिया दिनुहोस