आज २ सय ७४ संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुग्यो
347 Views
काठमाडौं, १५ साउन । मुलुकमा थप २ सय ७४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ७४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
यस्तै, सक्रिय संक्रमितको संख्या भने ५ हजार २ सय २७ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोसी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १, उदयपुरका २ जना,प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३, सर्लाहीका १ जना, मोरङका २ जना र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका २ जनामा संक्रमण देखिएको छ ।
यता, जनकपुर प्रयोगशालामा धनुषाका १४ जना, महोत्तरीका ४ जना र नवलपरासीका १ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल भरतपुरमा नवलपरासी पूर्वका ४ जना र नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका ६ जना, पर्साका ४७ जनामा संक्रमण देखिएको छ ।
यता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका २ जना, काठमाडौंका १९ जना, डोल्पा, गोरखाका १ जना, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा बाराका ५ जना, चितवनका १ जना, दोलखका १ जना, गोरखाका १ जना, काठमाडौंका १३, महोत्तरीका १ जना, रौतहटका २ जना, सर्लाहीका १ जना, सप्तरीका २ जनामा संक्रमण देखिएको छ ।
यता, किटजन्य प्रयोगशाला हेटौंडामा अघार्खाँचीका १, कपिलवस्तुका १ जना र प्युठानका २ जना र प्रहरी अस्पतालमा काठमाडौंका ३ जनामा संक्रमण देखिएको छ ।
त्रिवि शिक्षण बाराका १ जना, दाङका १ जना, धादिङका ४, काठमाडौंका ४, खोटाङका १, नुवाकोटका २, स्याङजाका १, सर्लाहीका २ जना र स्याङजाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना, महोत्तरीका १ जना र पर्साका १ जनामा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लमजुङका १ जना र कास्कीका १ जनामा र प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङका ६ जना, कास्कीका र लम्जुङका २, तनहुँका ३ जना, स्याङजाका ११, नवलपरासी पूर्वका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, भेरि अस्पतालमा नवलवरासी पूर्वका १ जना, बाँकेका २० जना, बर्दियाका ८ जना, दाङका २ जना, कञ्चनपुरका १ जना, प्युठान र सलार्हीका १ जना र सुर्खेतका २ जनामा संक्तमण देखिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका १ जनामा संक्रमण देखिएको छ । चौरजहारीमा गरिएको परीक्षणमा जाजरकोटका १ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १० जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा मुगुका १ जना, सल्यानका २ जना, सुर्खेतका ७ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा दार्चुलाका १ जना, कैलालीका ५, कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा कुल संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । काठमाडौंमा ३ सय ९१, ललितपुरमा ९२ र भक्तपुरमा ५३ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
त्यस्तै, हालसम्म १३ हजार २ सय १ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार २ सय २७ जना छन् । २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पीसीआर भएसँगै मुलुकभर ३ लाख ६४ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
source: news24
प्रतिक्रिया दिनुहोस