२४ घण्टामा ३ सय ११ संक्रमित थपिए, संक्रमितको संख्या १९ हजार नाघ्यो
299 Views
काठमाडौं, १३ साउन । मुलुकमा थप ३ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ११ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।
मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका २ जना, मोरङका १६ जना,प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जना, ओखलढुंगाका १ जना, मोरङका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका १५ जना, जनकपुर प्रयोगशालामा धनुषाका ८ जना, र महोत्तरीका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल भरतपुरमा नवलपुर पूर्वका १ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा बाराका १, इलामका १, पर्साका १३ जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, कपिलवस्तुका ३४ जना, काठमाडौंका ११ जना, नुवाकोटका १ जना, र सिन्धुपाल्चोकका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भएको परीक्षणमा दाङका १ जना, गोरखाका १ जना, काठमाडौंका ९, ललितपुरका १ जनामा संक्रमण देखिएको छ । पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा धनुषाका १, पर्साका १, ललितपुरका १, सर्लाहीका १ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा नवलपरासीका १, काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालमा भएको परीक्षणमा काठमाडौंका २१ जना, स्टार अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका ६, ललितपुरका २ जनामा संक्रमण देखिएको छ । क्षयरोग केन्द्र पोखरामामा कास्कीका २ जना, लम्जुङका २ जना, स्याङजाका १८ जनामा संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा भएको परीक्षणमा नवलपरासी पूर्वका ५ जना, रुपन्देहीका २ जनामा, रुपन्देही प्रयोगशालामा बाराका ४ जना, रौतहटका १ जना, र मकवानपुरका १ जनामा र भेरी अस्पतालमा दाङका ५ जना र बाँकेका ३ जनामा संक्रमण देखिएको छ ।
दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतका ३ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका ३ जना, डोटीका ३५ जना, सेती प्रादेशीक अस्पताल प्रयोगशालामा भएको परिक्षणमा अछामका १६ जना, दार्चुलाका १ जना, डोटीका २३, कैलालीका १८ जना, कञ्चनपुरका १ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, हालसम्म १५ हजार ३ सय ३१ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ५ हजार १ सय २९ जना छन् ।
source: news24
प्रतिक्रिया दिनुहोस