बालगायिका आयुशा गौतमको दु:खी बाहुन सार्वजनिक ( भिडियो सहित )
881 Views
आषाढ २५ बिहिवार, खोज मिडिया – देशमा यती बेला जातिय बिबेदका कारण एक खालको बिबाद उत्पन्न गर्ने खाले थुप्रै गतिबिधी भई रहेका बेला, निकै फरक सोच र बिचारका साथ पछील्लो समयका मोडल तथा युबा निर्देशक डि.आर सुजनले नयाँ गीत “दु:खी बाहुन” लिएर आएका छन । जसमा इमेज लोक कलाकार बिजेता तथा चर्चित गायक राम कुमार नेपाली,फुली नाकैमा गीतकी गायिका आयुशा गौतम,गायिका निरु कार्की र बिरेन्द्र एसबीले स्वर दिनु भएको छ, भने शब्द,संगीत डि.आर सुजनको नै रहेको छ ।
गरीब दुखी बाहुनको वास्तविक कथा लाई चित्रण गरि निकै मार्मिक ढंगले द्रिश्य निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका छन, भने राहुल राइले छायान्कन गरेका हुन । नेपाली गीत संगीतको दुनियाँमा बिभिन्न घटनामा आधारित थुप्रै गीतहरु आएता पनि, यो बिषयलाई सेमेटेर पहिलो गीत बनेको हुन सक्ने अनुमान लगाउदै मोडल डि.आर सुजन भन्छन, सच्चिकै एक छाक खान पनि नसक्ने गरीब हरुलाई हेर्नु पर्छ सरकारले चाहे जुनसुकै जात धर्म र बर्गको होस , आखीर सबै जनता नेपाली नै त हुन, एउटा नेपालीले खादा अर्को नेपालीले हेर्न नपरोस ।
पछील्लो समयकी भाईरल बाल गायिका आयुशा गौतम सहित डि.आर सुजन,सरस्वोती फुयाल,दिवाकर भण्डारी “सापटे”,लेखान्त भुसाल”घिरौले”,केदार न्यौपाने, श्रीजना रोका “चुइसी”,सन्तोष सुबेदी,अर्जुन कार्की,सिताराम थापा र बिमल खड्काको अभिनयमा रहेको यस गीतको द्रिस्य निर्माण धुन नेपालले गरेको छ भने सम्पादन दिपक बिष्टले गरेका हुन । म्युजिक भिडियो आउनु भन्दा अघी देखी नै देखी चर्चा बटुल्न सुरु गरेको “दु:खी बाहुन” गीत डि.आर सुजनकै अफिसियल यूट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस