प्राज्ञिक निर्णय र बबुरा प्राध्यापक
976 Views
झण्डै ३२ वर्ष त्रि.वि. जस्तो गरिमामय संस्थामा आफ्नो रगत र पसिना बगाएर प्राध्यापक हुनु र आफ्नो जीवनको लक्ष्यलाई यही संस्थामा समाहित गर्नु मेरा लागि गौरवको विषय हो । हजारौँ विद्यार्थीहरूलाई आफ्नो ज्ञान, बुद्धि र विवेक प्रयोग गरी सकेसम्म दिक्षित गराउन काम पूर्ण जिम्मेवारीका साथ गरियो । धेरै पैसा र उच्च पदको लागि मरिहत्ते पनि हालिएन । विद्या र ज्ञानको केन्द्रमा अनावश्यक राजनीति र स्वार्थ पूर्तिको बाटो पनि समातिएन । आफूभन्दा जेष्ठ प्राध्यापकलाई सम्मान र कनिष्ठलाई माया गर्न पनि चुकिएन । वास्तवमा भन्नुपर्दा मेरो लागि त्रि.वि. को प्राध्यापक पद अनमोल लाग्नु स्वाभाविक पनि छ । जेहोस् विश्वविद्यालयमा अन्यत्रभन्दा कम अन्याय हुन्छ । बुद्धि र ज्ञान निर्माण गर्ने थलोका पात्रहरु धृष्टराष्ट्र जस्ता हुँदैनन् । दुर्याेधन जस्तो अमिमानि पुत्र मोहमा परी महाभारतको बिगुल फुक्दैनन् भन्ने आजसम्मको मेरो विश्वास धर्मराएको छ ।
प्रसङ्ग भर्खरै मात्र केही क्याम्पसका प्रमुखहरूका नियुक्ति हो । जातभात सबै मिले पनि अत्यन्त निम्न स्तरमा विशिष्ट तथा वरिष्ठ प्राध्यापकहरूको मान मर्दन गर्ने क्रम यति बेला पराकाष्टा नै भइसक्यो । पहिलो कुरा त दलीयताका आधारमा प्राज्ञिक व्यक्तिको चयन त्यति राम्रो होइन तापनि हाम्रो अभ्यास यही चल्यो । त्यसमा पनि साधन शक्ति र स्रोतको परिचालन गरी कनिष्ठ प्राध्यापकलाई कुर्चिमा सजाउने परिपाटीले वरिष्ठ प्राध्यापकहरूको मन अमिलो हुन्छ नै । आफ्नो क्षमता, अनुभव, ज्ञान तथा सिपको धेरै पटक परीक्षा दिइसकेका वरिष्ठ प्राध्यापकहरू स्वयम् आफ्ना पदाधिकारीको कोपभाजनमा पर्ने गर्दछन् भने आत्मसम्मान र मनोबल खस्कनु स्वाभाविक पनि हो ।
यो आस्थाको केन्द्र भत्काउने दौडमा इकाइदेखि केन्द्रसम्मका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सब्घ सब्गठन पनि उत्तिकै जिम्मेवार छन् । यो कुनै व्यक्ति विशेषको मात्र धारणा हैन । तमाम त्रि.वि. मा कार्यरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको पनि हो । प्राज्ञिक मठमन्दिरका रक्षकहरू साम, दाम, दण्ड, भेद जस्ता अनपेक्षित कार्यमा लिप्त भैदिँदा देश र समाजलाई अन्धकार र अनपेक्षित गर्भमा पुर्याउने हुने कि भन्ने चिन्ता सर्वत्र व्याप्त छ ।
खास गरी कुनै मापदण्ड विना, निश्चित आधार विना, खान पान, उठबस, जी हजुरी गरी व्यक्ति पुजन र दबदबा कायम गरी प्राज्ञिक क्षेत्रका प्रमुखहरूको नियुक्ति हुने गर्दछ भने हाम्रा शैक्षिक धरोहर ढिलो चाडो मृत प्रायः हुने कुरा निश्चित छ । व्यक्ति विशेषको योगदान संस्थाप्रतिको लगाब, अनुशासन, क्षमता, पारदर्शिता अनुभव, जेष्ठता र विशिष्टता जस्ता आधारमा क्याम्पस प्रमुखहरूको नियुक्ति गर्ने परम्परा अब एकादेशको कथा हुने परिपाटी देखियो ।
सानो गुट र घेरालाई आफ्नो संसार ठान्ने, विधि विधान र पछद्धतिको धज्जी उडाउने अभिमान, घमण्ड र बदलाको भावना राख्ने प्रवृत्ति कुनै क्षेत्रमा पनि रुचिकर हुँदैन । जहाँसम्म त्रि.वि. को सन्दर्भ छ आज अनेकौ प्रश्नहरू यसका सामु खडा छन् । यसका नेतृत्वदायी पदाधिकारीहरूले क्रमशः सुधार
गर्नुपर्ने मूलभूत विषयहरूलाई नजरअन्दाज गर्दै दुरगामी असहज अवस्था सिर्जना गर्ने निर्णय कदापि स्वीकार्य हुँदैन ।
अबको प्रसङ्ग पृथ्वीनारायण क्याम्पसमा प्रमुखको सिफारिस र नियुक्तिसँग सम्बन्धित छ । सबै विश्वविद्यालयमा आंगिक क्याम्पसका प्रमुख नियुक्तिमा फरक फरक प्रक्रिया होलान् । त्रि.वि. मा विशिष्ट र वरिष्ठ प्राध्यापक मध्येबाट रेक्टरको सिफारिसमा कार्यकारी परिषदबाट निर्णय हुने गर्दछ । त्यसका लागि सम्बन्धित क्याम्पसका प्राध्यापक (एकै समूहका) बिचमा छलफल भएर एउटा सहजीकरण समिति बन्दछ । जुन समितिले सहजीकरण गरेर एक मात्र नाम सिफारिस गर्नुपर्ने हो तर सहमति नभएपछि ३ जनाको नाम सिफारिस गरेपछि ३ जना योग्य त हुन्छन् तथापि कुनै निश्चित मापदण्ड विना कुनै एक हर्ताकर्ताले जनमतका नाममा आफ्नो स्वार्थ अनुकूल पदाधिकारीलाई भ्रमित पार्नु र त्यसै अनुसार निर्णय हुनु दुःखद पक्ष हो । ३ जना प्राध्यापकको सिफारिसबाट क्याम्पस प्रमुख नियुक्त गर्न नसक्नु र फेरी एक जना पठाउ भनेर रातारात चोर बाटो समाति प्राध्यापक सब्घ (सबैको साझा सब्गठन हो) र प्रगतिशील प्राधयपक सब्गठन जसको नेतृत्व ६ वर्ष देखि गरी आउने प्राध्यापक समेतलाई अनुशासनको पाठ सिकाउने न्याय र तर्क; सत्य र सद्भाव भड्काउने काम व्यक्ति विशेषबाट हुनुले सम्पूर्ण पद्धति र सब्गठनको गरिमा खलल भएको अनुभव जो कसैले पनि गर्न स्वभाविक नै हो ।
विश्वविद्यालयबाट सेवा निवृत्त भएका तर पनि आफ्नो स्थान र हैकम कायम गरी त्रि.वि. लाई नै क्षत विक्षत पर्न खोज्ने इकाइदेखि केन्द्रिय पदाधिकारीलाई यो छोटो लेखमा नैतिकताको प्रश्न उठाउनु त्यति सान्दर्भिक नहुन सक्छ । यद्यपि पाएसम्म सबै चाहिने, केही सिप नलागेमा भत्काउने विगार्ने, न्यायको गला रेट्ने काम किमार्थ स्वीकार्न छैन । वास्तवमा कुनै व्यक्ति विशेष षड्यन्त्रको मारमा पर्नु ठूलो कुरा हैन । आफूले सम्पूर्ण उर्जाशील जीवन लगाएको आस्थाको धरोहर र यसमा उभिएको वैचारिक सब्गठन दिशा विहीन अराजक र अमानवीय किसिमले चलाउन खोज्नु कुनै पनि सचेत बुद्धिजीवीका लागि लजमर्दाे विषय बन्न पुगेको छ ।
तसर्थ त्रि.वि. जसको नेतृत्वमा गए पनि विधि पद्धति, नियम अनुशासन र न्यायको बाटोमा डोर्याउने काम पदाधिकारीहरूले गर्नु पर्छ । अन्यथा गणतन्त्र पछि त्रि.वि. लाई छाडातन्त्रमा पुथ्याइ यसको लामो इतिहास घुमिल पारी हाँसो र मजाकको संस्थामा रुपान्तरित गर्नबाट रोक्न सबै पक्ष बेलैमा सचेत हुनु पर्ने व्यक्तिगत रधारणा जाहेर गर्दछु ।
बि.आर. अधिकारी
प्रतिक्रिया दिनुहोस