अन्तराष्ट्रिय उडान खुल्ला गर्न नेपाली समाज यूएईकाे प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र
716 Views
हरि दुलाल यूएई काेराेना भाईरस माहामारीका कारण विदेशमा अलपत्र रहेका नेपालीहरूका लागि चार्टड उडानहरू पर्याप्त नभएकाे भन्दै अन्तराष्ट्रिय उडानहरू खुल्ला गर्न नेपाल सरकारलाई अनुराेध गर्दै नेपाली समाज यूएईले नेपाली दूतावास आवुधावी मार्फत प्रधानमन्त्री कार्यालय ,वालुवाटारलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ।
नेपाली समाज यूएईसँग आबद्व ४४ वटा संघसंस्थाका प्रमुखहरूकाे हस्ताक्षर सहितकाे पत्र साेमवार दूतावास मार्फत नेपाल सरकार प्रधानमन्त्री कार्यालय वालुवाटार समक्ष बुझाईएकाे नेपाली समाज यूएईका अध्यक्ष गाेविन्द ढकालले जानकारी दिनुभयाे।
“विदेशमा धेरै नेपाली अलपत्र छन् चार्टड उडानहरू पर्याप्त छैन्न् अब छिटै व्यवसायीक उडानहरू नै संचालन गर्न दिएर स्वदेश फर्कने वातावरण बनाउन जरूरी छ “अध्यक्ष ढकालकाे भनाई छ । हाल यूएईमा ३ लाख ७५ हजारकाे हाराहारीमा नेपालीहरू रहेकाे भनिएपनि पर्यटन लगायतकाे भिसामा आएका करिव ४ लाख जति नेपाली यूएईमा रहेकाे पनि समाजले जनाएकाे छ। हालसम्म युएईबाट चार्टड उडान मार्फत १८ सय ८९ जना नेपाली नेपाल फर्किएकाे नेपाली दूतावास आवुधावीले उल्लेख गरेकाे छ।
प्रतिक्रिया दिनुहोस