पोखरामा MCC बिरुद्ध भब्यताका साथ कार्यक्रम सम्पन्न
1036 Views
असार १४ गते पोखरा,खोज मिडिया – राष्ट्रघाती MCC सम्झौता का बिरुद्धमा सङ्गम सांस्कृतिक मंच , नेपालको अगुवाइमा २०७७ असार १४ गते पृथ्वीचोक पोखरामा बिरोध स्वरुप शान्तीपुर्ण धर्ना कार्यक्रम सम्पन्न भएको छ । गण्डकि प्रदेशको पोखरामा राष्ट्रीयताको सवालमा सधै अवाज उठाउदै आइरहेको कृयाशिल संस्थाहरु सङ्गम सांस्कृतिक मंच, नेपाल, MCC खारेर अभियान, संयुक्त देशभक्त मोर्चा, claim the boarder लगायतका संस्थाहरुको संलग्नतामा सो कार्यक्रम भएको हो ।
MCC सम्झौताका का बिरुद्ध आवाज उठाउने संस्कृतिकर्मी, कलाकार, मानवाधिकारकर्मी, लेखक, बुद्धिजिवी हरुको सहभागितामा भएको कार्यक्रममा सङ्गम सास्कृतिक मन्चका कलाकारहरु रोशन लामा, आर्यन थापा, कमला श्रेष्ठ, सुरज उपाध्याय, बिकास लुङ्गेली, काजि गाउले, आदर्श मगर सहितको टोलिले स्ट्रगल रानाको शब्दमा रहेको गित say no mcc, बिकास लुङ्गेलीको शब्द सङ्गितमा रहेको सहश्राब्दी चुनौति, लगायताका गितहरु मार्फत सान्तिपुर्ण धर्ना कार्यक्रमलाइ साङ्गितिक प्रस्तुतिहरु दिएर थप रोचक बनाइएको थियो ।
नेपाललाइ शक्ति राष्ट्रको फौजि अखडा हुनबाट जोगाउन, राष्ट्रघाती सम्झौता खारेज गर्नको लागि दबाब सिर्जना गर्दै कहिले सडकबाट कहिले कोरोना माहामारी लक डाउनका कारण समाजिक सन्जाल मार्फत कार्यक्रमहरु दिइरहेकोमा सङ्गम मंचलाइ धन्यबाद दिदै बामबुद्धिजिवी एबम MCC खारेज अभियन्ता रामराज रेग्मीले देशमा कुनै पनि हालतमा यो परियोजना लोभ लालचमा फसेर भित्र्याउन दिन नहुने तर्क समेत पेश गर्नुभएको थियो ।
बुद्धिजिवी, बिश्लेषक अभियन्ता रेग्मी ले “MCC नेपालको लागि आएको अनुदान होइन, गजब नेपाल सरकारसंग सम्झौता गरिरहेको छ, भारतको लागि आएको MCC यो सरकारले किन संसदबाट पास गर्नु पर्ने ? आज भारतले हाम्रा भुमिहरु अतिक्रमण गरिरहेको छ, नेपालका साधन श्रोतहरुमा आखा गाडिरहेको छ, हस्तक्षेप गरिरहेको छ, आज अ्मेरिका समेत भारतको साथ लागेर नेपाललाइ अर्को घात गर्न खोजिरहेको छ, नेपालमा उत्पादित जल बिधुत भारतले उपभोग गर्ने, अ्मेरिकाले नेपालमा अनुदानको नाटक मन्चन गरेर सारा एसिया नै घेर्ने रणनिति अन्तरगत हाम्रो देशमा भित्र्याउन खोजिएको छ राष्ट्रघाति यो सम्झौता कुनै पनि हालतमा नेपालमा पास गर्नु हुदैन ” भन्दै सचेत गराउनु भएको थियो ।
धर्ना कार्यक्रममा गण्डकि साहित्य सङ्गम, संयुक्त देशभक्त मोर्चा, प्रगतिशिल लेखक संघ, देशभक्त जनगणतान्त्रीक मोर्चा, इच्छुक सास्कृतिक प्रतिष्ठान, Claim the boarder साहित्य शृङ्खला पोखरा, लगायात स्वत स्फुर्त रुपमा निस्किएका पोखरेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस