आज थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ८ हजार २७४ पुग्यो
485 Views
५ असार । मुलुकमा थप ४ सय २६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय २६ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ८ हजार २ सय ७४ पुगेको छ । मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा झापाका १ जना, मोरङका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, जनकपुर प्रयोगशालामा भएको परीक्षणमा सर्लाहीका ११ जना, सप्तरीका ४ जनामा नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ७ जना, बागलुङका १८ जना, बैतडीका ६३ जना, बझाङका ३ जना, बाजुराका ८ जना, डडेल्धुराका ९, धादिङका १ जना, डोटीका १५ जना, गोरखाका ११ जना, कैलालीका ४६ जना, कास्कीका ३ जना, काठमाडौंका ३ जना, मकवानपुरका २, मोरङका १, म्याग्दीका १ जना, नवलपरासी पूर्वका २, सिन्धुपाल्चोकका २१ जना, तनहुँका १९ जना, पर्वतका ५ जना, उदयपुरका २ जना, सिन्धुलीका १, चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, हेटौंडामा मकवानपुरका ६ जनामा, शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका ५ जना, पोखरा प्रयोगशालामा भएको परीक्षणमा स्याङजाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गण्डकीमा कास्कीका ६ जना, नवलपरासी पूर्वका २ जना, स्याङजाका १ जना, बागलुङको ८ जनामा, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङका ६ जना, स्याङजाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका १ जना, कैलालीका ३ जना, कञ्चनपुरका २० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भेरी अञ्चल अस्पताल प्रयोगशालामा संक्रमण पुष्टि भएको छ ।
रुपन्देही अस्पतालको परीक्षणमा अर्घाखाँचीका ६ जना, गुल्मीका ९४, कपिलवस्तुका ४ जना, नलवपरासी पश्चिमका १ जना, रुपन्देहीका २ जनामा संक्रमण देखिएको छ ।
यस्तै, हालसम्म १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ६ हजार ८ सय ५० जना छन् । यस्तै, आज १९ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ ।
मन्त्रालयका अनुसार मुलुकभर १ लाख ६१ हजार ७ सय ४९ जनाको पीसीआर र आरडीटीबाट २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस